आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

घनश्याम, योगेश र गोकर्णलाई मन्त्री हुन ‘अफर’ : ७ आकर्षक मन्त्रालय क–कसका लागि खाली ?

घनश्याम, योगेश र गोकर्णलाई मन्त्री हुन ‘अफर’ : ७ आकर्षक मन्त्रालय क–कसका लागि खाली ?

  • मिडिया डबली
  • शनिवार, जेठ २२ २०७८

  • 11.6K
    SHARES

  • घनश्याम, योगेश र गोकर्णलाई मन्त्री हुन ‘अफर’ : ७ आकर्षक मन्त्रालय क–कसका लागि खाली ?

    काठमाडौं – नेकपा एमालेभित्र विवाद चर्किरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल पक्षमा लागेका घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेलाई आकर्षक मन्त्रालयसहित मन्त्री हुन ‘अफर’ गरेका छन् ।

    नेता नेपालको साथ छाडेर एमालेभित्र प्रधानमन्त्री ओलीको पक्षमा लागेमा एमालेका चर्चित नेताहरूलाई मन्त्री पद दिइने भएको छ ।

    नेपाल पक्षका दोस्रो तहका नेताहरूले प्रधानमन्त्री ओली पक्षसँग लगातार वार्ता गरिरहेका छन् । नेपाल पक्षका नेताहरूलाई भित्र्याउनकै लागि प्रधानमन्त्री ओलीले आफ्नो पक्षका अत्यन्तै निकट नेताहरूलाई मन्त्रीबाट हटाएर आकर्षक मन्त्रालय खाली राखेका छन् ।

    शुक्रबार गरिएको मन्त्रिपरिषद् पुनर्गठनका क्रममा रक्षा, गृह, सञ्चार तथा सूचना प्रविधि, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन, कृषि तथा पशुपन्छी, उद्योग, वाणिज्य तथा आपूर्ति र सामान्य प्रशासन मन्त्रालय खाली राखिएको छ । यी मन्त्रालयहरू आकर्षक मानिन्छन् ।

    खाली रहेका ७ मन्त्रालयमध्ये केही नेपाल पक्षबाट आउने नेताहरूलाई दिइने र केही मन्त्रालयमा माओवादी केन्द्रबाट एमालेमा आएका यसअघिका मन्त्रीलाई नै दोहोर्‍याउने तयारी रहेको स्रोतले जनाएको छ ।

    माओवादीबाट एमालेमा आएका मन्त्रीहरूको विवाद सर्वाेच्च अदालतमा विचाराधीन रहेकाले सर्वाेच्चबाट फैसला आउनेबित्तिकै वा त्यसअघि नै प्रक्रिया मिलाएर मन्त्री नियुक्त गर्ने तयारी रहेको जनाइएको छ । पूर्व माओवादीबाट रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, टोपबहादुर रायमाझी र प्रभू साहमध्ये केही पुनः मन्त्री बन्ने स्रोतले जनाएको छ ।

    बढीमा २५ जनासम्म मन्त्री नियुक्त गर्न पाइने भएपनि हाल मन्त्रिपरिषद् १७ सदस्यीय बनेको छ । अब प्रधानमन्त्री ओलीले थप ८ जना मन्त्री नियुक्त गर्न पाउनेछन् ।

    माधवकुमार नेपाल पक्षकालाई मन्त्री बनाउन ओलीले आफ्ना अत्यन्तै विश्वासपात्रहरूलाई मन्त्रीबाट हटाएका छन् ।

    उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, कृषि तथा पशुपन्छी विकासमन्त्री पदमा अर्याल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङ्फे, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्ना, वन तथा वातावरणमन्त्री प्रेम आले, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतो, शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत र उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विकलाई ओलीले मन्त्रिपरिषद्बाट हटाएका छन् ।

    अब यस्तो बन्यो मन्त्रिपरिषद् –  

    प्रधानमन्त्री केपी शर्मा ओली - रक्षा, गृह,सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन।
    विष्णु पौडेल - उपप्रधानमन्त्री, अर्थ

    राजेन्द्र महतो - उपप्रधानमन्त्री, शहरी विकास
    रघुवीर महासेठ - उपप्रधानमन्त्री, परराष्ट्र
    शेरबहादुर तामाङ - स्वास्थ्यमन्त्री

    बसन्तकुमार नेम्वाङ - मन्त्री, भौतिक पूर्वाधार तथा यातायात
    लीलानाथ श्रेष्ठ - मन्त्री, कानून न्याय तथा संसदीय मामिला
    कृष्णगोपाल श्रेष्ठ - मन्त्री, शिक्षा

    शरतसिंह भण्डारी - मन्त्री, ऊर्जा
    उमाशंकर अरगरिया - मन्त्री, वन तथा वातावरण
    लक्ष्मणलाल कर्ण - मन्त्री, भूमि व्यवस्था

    अनिल झा - मन्त्री, खानेपानी तथा सरसफाई
    विमल श्रीवास्तव - श्रम तथा रोजगार
    चन्दा चौधरी - मन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक

    एकवाल मियाँ - मन्त्री, युवा तथा खेलकुद

    चन्द्रकान्त चौधरी - राज्यमन्त्री, ऊर्जा
    रेणुका गुरुङ - राज्यमन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend