काठमाडौं – नेपाली कांग्रेस संसदीय दलको बैठकले सरकारमा सहभागी हुने निर्णय गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मन्त्रीका नाम सिफारिस गरेको छ ।
संसदीय दलका नेता जीवनबहादुर शाहीको अध्यक्षतामा शुक्रबार बसेको दलको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको छ ।
कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका ६ सांसद रहेका छन् । जुम्लाका सांसद दीनबन्धु श्रेष्ठले आईतवारदेखि सरकारमा सहभागी हुने जानकारी दिए । सांसद यज्ञबहादुर बिसी समेत मन्त्री बन्ने भएका छन् ।
‘विभिन्न कामहरुले गर्दा सरकारमा सहभागी हुन ढिलाइ भइरहेको थियो । आज दलको बैठकबाट हामीले आधिकारिक रुपमा सरकारमा सहभागी हुने निर्णय गरेका छौं,’ श्रेष्ठले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।