काठमाडौं – सत्तारुढ नेकपा एमालेका महासचिव समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारबाट ‘आउट’ गरेका छन् ।
स्रोतका अनुसार पोखरेललाई सरकारबाट हटाएर पार्टीको जिम्मेवारी दिन लागिएको छ । पोखरेललाई पार्टीमा सक्रिय बनाउने गरी सरकारबाट हटाइएको छ ।
आजै शुक्रवार साँझ ओलीले जसपाको महन्थ–राजेन्द्र पक्षका मन्त्रीहरुलाई शपथ खुवाउँदैछन् ।
जसपा नेताहरु सरकारमा सहभागी हुने भएपछि ओलीले मन्त्रिपरिषद्मा अन्य हेरफेर समेत गर्दैछन् ।
अर्थमन्त्री रहेका विष्णु पौडेल र रघुवीर महासेठलाई उपप्रधानमन्त्री बनाउने तयारी रहेको स्रोतले जनाएको छ ।
यी हुन् नयाँ मन्त्रीहरू
१. राजेन्द्र्र महतो, उपप्रधानमन्त्रीसहित शहरी विकास मन्त्रालय
२. शरतसिंह भण्डारी, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय
३. अनिल झा, खानेपानी मन्त्रालय
४. विमल श्रीवास्तव, श्रम तथा रोजगार मन्त्रालय
५. उमाशंकर अरगरिया, युवा तथा खेलकुद मन्त्रालय
६. लक्ष्मण लाल कर्ण, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय
७. चन्दा चौधरी, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय
८. एकबाल मियाँ, वन तथा वातारण मन्त्रालय
९. चन्द्रकान्त चौधरी, राज्यमन्त्री, ऊर्जा
१०. रेणुका गुरुङ, राज्यमन्त्री, महिला
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।