काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच मन्त्रालय र मन्त्रीको नाममा भागबण्डा मिलेको छ ।
उच्च स्रोतका अनुसार नेता राजेन्द्र्र महतोलाई उपप्रधानमन्त्रीसहित शहरी विकास मन्त्रालयकोे जिम्मेवारी दिने सहमति भएको छ ।
ओली सरकारले मधेश आन्दोलनका माग पूरा गरेको भन्दै जसपा सरकारमा जान लागेको हो ।
यसअघि लामो समयदेखि जसपाको महन्थ ठाकुर समूह ओलीको पक्षमा लाग्दै आएको थियो ।
यी हुन् नयाँ मन्त्रीहरू
१. राजेन्द्र्र महतो, उपप्रधानमन्त्रीसहित शहरी विकास मन्त्रालय
२. शरतसिंह भण्डारी, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय
३. अनिल झा, खानेपानी मन्त्रालय
४. विमल श्रीवास्तव, श्रम तथा रोजगार मन्त्रालय
५. उमाशंकर अरगरिया, युवा तथा खेलकुद मन्त्रालय
६. लक्ष्मण लाल कर्ण, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय
७. चन्दा चौधरी, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय
८. एकबाल मियाँ, वन तथा वातारण मन्त्रालय
९. चन्द्रकान्त चौधरी, राज्यमन्त्री, ऊर्जा
१०. रेणुका गुरुङ, राज्यमन्त्री, महिला
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।