काठमाडौं – सत्ता सहकार्यका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग लामो समयदेखि वार्ता गरिरहेको जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षबाट सरकारमा जाने केही मन्त्रीको टुंगो लागेको छ ।
ओली र ठाकुरबीच भएको सहमति अनुसार राजेन्द्र महतो उपप्रधानमन्त्रीसहित उद्योगमन्त्री, शरतसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, अनिलकुमार झा शहरी विकास मन्त्री, विमल श्रीवास्तव खानेपानी मन्त्री र उमाशंकर अरगरिया युवा तथा खेलकुद मन्त्री बन्ने टुंगो लागेको छ ।
जसपा सरकारमा जाने भएपछि प्रधानमन्त्री ओलीले आज शुक्रबारै मन्त्रिपरिषद् विस्तार र हेरफेर गर्ने भएका छन् । जसपामा ठाकुर पक्षको केन्द्रीय कार्यकारिणीमा बहुमत समेत जुटाएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार जसपाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, उद्योग, वाणिज्य, वाणिज्य तथा आपूर्ति मन्त्रालय, शहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालय पाउने भएको छ ।
सर्वोच्च अदालतले सांसद नभएका पूर्व माओवादी केन्द्रका नेताहरूलाई मन्त्रीबाट पदमुक्त गरेपछि रिक्त रहेका गृहबाहेकका मन्त्रालय जसपाले पाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।