काठमाडौं – नेपाली कांग्रेस पार्टीबाट स्थानीय तहको निर्वाचनमा रौतहटको गरुडा नगरपालिका–२ मा वडाध्यक्ष निर्वाचित विशुनदेव सहनीको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।
कोरोना संक्रमण भएपछि काठमाडौंस्थित निजामती अस्पतालमा करीब ३ हप्तादेखि उपचाररत वडाध्यक्ष सहनीको बिहीवार राति मृत्यु भएको छ ।
सहनीको मृत्युप्रति शोक वक्तव्य जारी गर्दै गरुडाका नगर प्रमुख इन्नु राय यादवले नगरपालिकालाई ठूलो क्षति भएको बताएका छन् । वडाध्यक्ष सहनी नगरमा न्यायिक समितिका सदस्य समेत रहेका थिए ।
स्थानीय राजनीतिमा निरन्तर सक्रिय सहनी तत्कालीन गेडहीगुठी गाविसका गाविस अध्यक्ष थिए । गेडहीगुठी गाउँ पञ्चायतको प्रधान पञ्चमा समेत निर्वाचित भएका सहनी ४ दशकअघि कैयौं गाउँको पञ्चायत हुँदा विशुनपूर्वा मानपुर पञ्चायतमा समेत वडाध्यक्ष निर्वाचित भएका थिए ।
वडाध्यक्ष सहनीको शुक्रवार दिउँसो गेडहीस्थित परम्परागत शमसानघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ । १ महिनाभित्र गरुडा नगरपालिकाका २ वडाध्यक्षको मृत्यु भएको छ ।
केही हप्ताअघि वडा नम्बर ७ का वडाध्यक्ष रामईश्वर राय यादवको उपचारकै क्रममा काठमाडौंमा मृत्यु भएको जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।