आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेमा नाटक : ओलीको वार्ता गर्न आलटाल गर्ने, माधव नेपालले तत्काल नयाँ पार्टी नखोल्ने

एमालेमा नाटक : ओलीको वार्ता गर्न आलटाल गर्ने, माधव नेपालले तत्काल नयाँ पार्टी नखोल्ने

  • मिडिया डबली
  • शुक्रवार, जेठ २१ २०७८

  • 3.6K
    SHARES

  • एमालेमा नाटक : ओलीको वार्ता गर्न आलटाल गर्ने, माधव नेपालले तत्काल नयाँ पार्टी नखोल्ने
    फाइल तस्वीर

    काठमाडौं - सत्तारुढ एमालेमा किचलो मत्थर हुने हो कि विभाजन हुने हो भन्न केही समय कुर्नै पर्ने भएको छ ।

    अध्यक्ष केपी ओलीको आलटाले नीतिका कारण स्पष्ट दृश्य नआएको हो । ओलीले माधव नेपालसहित ११ जनालाई कारबाही गरेर अन्यलाई स्पष्टीकरण मात्र सोधेका छन् ।

    तर कारबाही प्रक्रिया अघि बढाउन चाहेका छैनन् । त्यसैले उनले बैठक राख्न र वार्तामा आलटाल गर्दै आएका छन् । आफ्नै कारण पार्टी विभाजन होस् र दोष आफूलाई नआओस् भन्ने ओली चाहन्छन् ।

    अर्कातिर एमालेबाट निष्कासित गरिएका माधव नेपालले पनि तत्काल नयाँ दल नखोल्ने भएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको फैसलापछि मात्र उनले एउटा निर्णय लिने भएका छन् । नयाँ दल खोल्ने वा ओलीसँगै मिलेर जाने भन्नेमा नेपाललाई आफूपक्षीय नेताहरूको चर्को दबाब छ ।

    नेपालले बिहीबार आफूपक्षीय केन्द्रीय सदस्यहरुसँग भर्चुअल बैठक गरेर सुझाव लिए । सकेसम्म एमाले एकता कायमै राख्नुपर्ने केहीको सुझाव थियो भने कतिपयले अदालतको फैसलासम्म कुर्न सुझाव दिएका थिए । नयाँ दल खोलेर अग्रगामी सोचका कम्युनिस्टहरुबीच एकता गरेर जान सकिने विषय पनि केन्द्रीय सदस्यहरूले उठाएका थिए ।

    माधव नेपाल भने ओलीसँग मिलेर बस्न नसकिने निष्कर्षमा पुगिसकेको बुझिएको छ । नेपालले र्एमाले एकताका लागि २ जेठ ०७५ को अवस्थामा फर्कनुपर्ने, प्रतिनिधिसभा विघटनको निर्णयबाट पछि हट्नुपर्नेलगायतका सर्तहरु पनि अघि सारेका छन् ।

    तर केपी ओली भने आफ्नो अडानबाट टसमस देखिएका छैनन् । उनी वार्ताका नाममा अल्मल्याएर राखिरहन चाहिरहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend