आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

आज मन्त्रिपरिषद् पुनर्गठन हुँदै : महन्थलाई मालामाल, उपेन्द्रलाई धक्का !

आज मन्त्रिपरिषद् पुनर्गठन हुँदै : महन्थलाई मालामाल, उपेन्द्रलाई धक्का !

  • मिडिया डबली
  • शुक्रवार, जेठ २१ २०७८

  • 5.3K
    SHARES

  • आज मन्त्रिपरिषद् पुनर्गठन हुँदै : महन्थलाई मालामाल, उपेन्द्रलाई धक्का !

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् ।

    जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर समूहलाई सरकारमा सहभागी गराउन मन्त्रिपरिषद् पुनर्गठन हुन लागेको हो ।

    जसपाको ठाकुर समूहका केही नेतालाई शुक्रबार मन्त्री नियुक्त गरेर शपथ गराउने तयारी भइरहेको स्रोतले जनाएको छ ।

    यसअघि ८ मन्त्री तथा २ राज्य मन्त्रीसहित १० जनालाई मन्त्रिपरिषद्मा सहभागी गराउने सहमति प्रधानमन्त्री ओली र जसपा अध्यक्ष ठाकुरबीच भएको थियो । 

    शुक्रबारै सबै मन्त्री नियुक्त नभएपनि केही मन्त्रीले शपथ खाने तयारी रहेको स्रोतले जनाएको छ ।

    सरकारमा सहभागी हुनेबारे बिहीबार ओली र ठाकुर समूहबीच बालुवाटारमा ४ घण्टाजति छलफल भएको थियो । 

    प्रधानमन्त्री ओलीसँगको छलफलपछि जसपा नेताहरूले आन्तरिक तयारी गरेर सरकारमा जाने भएका हुन् ।

    जसपामा चर्किएको विवादबीच सरकारमा जाने र पार्टीमा बहुमत जुटाउने खेल समेत चलिरहेको छ । ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा ठाकुर समूहले २६ सदस्यसहित बहुमत जुटाएको दाबी निर्वाचन आयोगसमक्ष पेश गर्ने तयारी समेत गरिएको छ ।

    पार्टीमा बहुमत जुटाउँदै सरकारमा सहभागी हुन लागेका अध्यक्ष ठाकुरलाई मालामाल हुने भएको छ भने पार्टीमा बहुमतको कारवाहीमा परेका उपेन्द्र यादवलाई धक्का लाग्ने भएको छ । निर्वाचन आयोगमा ठाकुरले बहुमत देखाएमा उपेन्द्रमाथिको कारवाहीले वैधानिकता पाउने छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend