आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

उतिबेला सांसद हुन धेरै जिद्दी गरेकोमा बामदेव गौतमलाई अहिले पछुतो !

उतिबेला सांसद हुन धेरै जिद्दी गरेकोमा बामदेव गौतमलाई अहिले पछुतो !

  • मिडिया डबली
  • बिहिवार, जेठ २० २०७८

  • 5.3K
    SHARES

  • उतिबेला सांसद हुन धेरै जिद्दी गरेकोमा बामदेव गौतमलाई अहिले पछुतो !

    काठमाडौं – सत्तारुढ दल नेकपा एमालेका नेता बामदेव गौतमले आफूले राष्ट्रियसभा सदस्य (सांसद) बन्न जोडबल गरेकोमा पछुतो व्यक्त गरेका छन् ।

    बिहीवार आयोजित भर्चुअल छलफलमा गौतमले राष्ट्रियसभा सदस्य भएकोमा पछुतो व्यक्त गरेका हुन् । 

    ‘राष्ट्रिय सभामा जान मैले धेरै जोडबल नगरेको भए हुन्थ्यो,’ गौतमले भने । गौतमलाई सांसद बनाउने विषयमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पटक–पटक विवाद चर्किएको थियो ।

    भर्चुअल छलफलमा नेता गौतमले प्रधानमन्त्री ओलीविरुद्ध कडा अभिव्यक्ति दिँदै नेता माधवकुमार नेपालको पक्षमा उत्रिने निष्कर्ष सुनाएका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग सम्बन्धविच्छेद गरेमा नेता नेपाललाई साथ दिने निष्कर्ष सुनाए ।

    गौतमले बिहीवार राजनीतिक विश्लेषक, बुद्धिजीवी र कार्यकर्तासँग भर्चुअल छलफल गरेका छन् । छलफलमा सहभागी स्रोतका अनुसार गौतमले प्रधानमन्त्री  ओलीलाई साथ दिन नसकिने जनाएका छन् । गौतमले पार्टी विभाजन गर्नुपर्नेमा जोडबल गरेका छन् ।

    प्रधानमन्त्री ओलीले फेरि प्रतिनिधिसभा विघटन गरेर एकपछि अर्को गर्दै प्रतिगमन निम्याएकाले समर्थन गर्न नसकिने नेता गौतमको तर्क रहेको छ । ‘केपी कमरेडले एकपछि अर्को गर्दै प्रतिनिधिसभा विघटन गरेर प्रतिगमनको यात्रामा हुनुहुन्छ । त्यस्तो अवस्थामा उहाँलाई साथ दिन सक्दिनँ,’ गौतमको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘माधव कमरेड कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने भनेर हस्ताक्षर गर्दै हिँड्नुभएको छ । यस्तो अवस्थामा दुबै जनालाई साथ दिन सक्दिनँ । यदि माधव कमरेडले आँट गरेर पार्टी विभाजन गरेमा त्यसमा मेरो पूर्ण साथ समर्थन हुन्छ । त्यो मैले भनिसकेको छु, आफ्नो वचनबाट दायाँबायाँ हुन्न ।’ 

    नेता नेपालले छुट्टै पार्टी बनाएर विचार मिल्नेसँग चुनावी मोर्चाबन्दी वा कार्यगत एकता गरेर जान सकिने सुझाव गौतमले दिएका छन् । ओलीसँग सम्बन्धविच्छेद गरेर माओवादीसँग एकता गर्दा राम्रो नहुने भएकाले तत्काल छुट्टै पार्टी बनाएर मार्चाबन्दी गर्दा राम्रो हुने सुझाव गौतमले दिएका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend