आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

अर्काे अध्यादेश ल्याउने अन्तिम तयारी गर्दै सरकार, ४ वर्ष जेल हाल्ने यस्तो प्रावधान

अर्काे अध्यादेश ल्याउने अन्तिम तयारी गर्दै सरकार, ४ वर्ष जेल हाल्ने यस्तो प्रावधान

  • मिडिया डबली
  • मंगलवार, जेठ १८ २०७८

  • 15.2K
    SHARES

  • अर्काे अध्यादेश ल्याउने अन्तिम तयारी गर्दै सरकार, ४ वर्ष जेल हाल्ने यस्तो प्रावधान

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत शासन चलाइरहेको भनेर आलोचना भइरहेका बेला अर्काे अध्यादेश ल्याउने अन्तिम तयारी भइरहेको छ ।

    कार्यस्थलमा रहेका स्वास्थ्यकर्मीलाई आक्रमण गरेमा ४ वर्षसम्म कैद हुनसक्ने प्रावधानसहित ओली सरकारले अर्काे अध्यादेश ल्याउन लागेको हो ।

    स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न अध्यादेश ल्याउन लागिएको र दोषीमाथि कडा कारवाही गर्ने व्यवस्था गर्न लागिएको छ ।

    कोरोना भाइरस संक्रमणको महामारीबीच ज्यान जोखिममा राखेर अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीमाथि नै आक्रमण भइरहेका घटना देखिएपछि अध्यादेशमार्फत कडा कानून ल्याउन सरकारको ध्यानाकर्षण गराइएको थियो । 

    विभिन्न अभियान्ता र सरोकारवालाको मागअनुसार सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न अध्यादेश ल्याउने तयारी गरेको छ । अध्यादेशको मस्यौदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश भइसकेको स्रोतले जनाएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ऐन संशोधन गर्नका ल्याउन अध्यादेशको मस्यौदा तयार गरेर मन्त्रिपरिषद्को कार्यालयमा पठाएको छ । मस्यौदा मन्त्रिपरिषद्बाट पारित भएपछि अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी हुनेछ । प्रतिनिधिसभा अधिवेशन चालू नभएको अवस्थामा अध्यादेश ल्याउन पाउने संवैधानिक व्यवस्था छ ।
       
    अध्यादेशको मस्यौदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मन्त्रिपरिषद् बैठक शाखामा अध्ययनको क्रममा रहेको स्रोतले जनाएको छ । प्रस्तावित अध्यादेशमा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा आक्रमण गर्नेलाई ४ वर्षसम्म कैद सजाय गर्न सकिने व्यवस्था गरिएको छ ।

    अध्यादेशमार्फत सजाय सम्बन्धी व्यवस्थामा परिवर्तन गरेर स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई घेराउ गर्ने, हातपात गर्ने वा शारीरिक रूपमा आधात पुर्‍याउने तथा स्वास्थ्य संस्थामा तालाबन्दी, तोडफोड, आगजनी वा घेराउ गर्नेलाई २ लाख रुपैयाँसम्म जरिवाना वा ४ वर्षसम्म कैद वा दुबै सजाय हुने प्रावधान लागू गरिने भएको छ ।

    स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी वा स्वास्थ्यकर्मीलाई कुनै किसिमको धम्की दिने, मानसिक तनाब दिने वा अपमानजनक व्यवहार गर्ने गरेमा ५० हजार रूपैयाँसम्म जरिवाना वा १ वर्षसम्म कैद वा दुबै सजाय हुने व्यवस्था प्रस्तावित अध्यादेशमा गरिएको छ ।

    कुनै किसिमले स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा उपचारका लागि आएका वा उपचाररत बिरामीको उपचार गर्ने कार्यमा बाधा पुर्‍याउने कार्य गरेमा २० हजार रुपैयाँसम्म जरिवाना वा ३ महिनासम्म कैद वा दुबै सजाय हुने व्यवस्था मस्यौदामा गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend