काठमाडौं – नेकपा एमालेका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले बजेटमा समावेश भएको बालुवा/गिट्टी निकासीको प्रावधानबारे प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग जवाफ माग गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता भट्टराईले बालुवा/गिट्टी निकासीले तराईमा पार्ने प्रभावबारे भइरहेको बहसको यथार्थ जवाफ मागेका हुन् ।
उनले लेखेका छन्, ‘बालुवा/गिट्टी लगायतको निकासी खुल्ला गर्ने सरकारको निर्णयसंगै तराईको वातावरणीय प्रभाव, चुरे क्षेत्रमा पर्ने प्रभाव जस्ता विषयमा सार्वजनिक भइरहेका बहसका बारेमा यथार्थ के हो ? सरकारले स्पष्ट गर्नु पर्दछ ।’
बालुवा/गिट्टी निकासी खुला गर्दा तराईका नदीनाला दोहन हुने र बाढी, पहिरो, भूक्षयको खतरा रहने भन्दै बजेटमा राखिएको प्रावधानको आलोचना गरिएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले शनिवार सार्वजनिक गरेको बजेटमा व्यापार घाटा कम गर्न बालुवा, गिट्टी निकासी खुला गर्ने प्रावधान राखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।