आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओली सरकारमा जसपालाई १० मन्त्रालय कि ६ मन्त्रालय ? बालुवाटारभित्र यस्तो तानातान !

ओली सरकारमा जसपालाई १० मन्त्रालय कि ६ मन्त्रालय ? बालुवाटारभित्र यस्तो तानातान !

  • मिडिया डबली
  • मंगलवार, जेठ १८ २०७८

  • 8.1K
    SHARES

  • ओली सरकारमा जसपालाई १० मन्त्रालय कि ६ मन्त्रालय ? बालुवाटारभित्र यस्तो तानातान !

    काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारमा सहभागी हुने भएको छ ।

    जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष सरकारमा सहभागी हुने भएको छ ।

    यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग सरकारमा सहभागी हुने विषयमा छलफल हुँदै आएको थियो ।

    प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली, जसपा अध्यक्ष ठाकुर, वरिष्ठ नेता महतोबीच सरकारमा सहभागी हुने विषयमा छलफल भएको छ ।

    जसपा नेता लक्ष्मणलाल कर्णका अनुसार सरकारमा सहभागी हुनेबारे छलफल भएपनि निर्णय केही निर्णय भएको छैन ।

    ‘सरकारमा सहभागी हुन प्रधानमन्त्रीबाट प्रस्ताव आएको छ, आउनुस्, सँगै काम गरौं भन्ने प्रस्ताव उहाँबाट आएको हो,’ कर्णले भने, ‘तर हाम्रो पार्टीमा छलफल भएको छैन, छलफल गरेर भन्छौं भनेका छौं ।’

    प्रधानमन्त्री ओली र जसपा अध्यक्ष ठाकुर, वरिष्ठ नेता महतोका साथै छलफलमा सरकारले गठन गरेको संविधान संशोधन कार्यदल सदस्यको समेत सहभागिता रहेको छ । कार्यदल सदस्य कर्ण, सुवासचन्द्र नेम्वाङ, राजन भट्टराई र सर्वेन्द्रनाथ शुक्ल समेत छलफलमा सहभागी थिए ।

    अध्यक्ष ओली र ठाकुरबीच यसअघि पनि सरकारमा सहभागी हुने विषयमा कुराकानी हुँदै आएको छ । छलफलमा सहभागी एक नेताका अनुसार ठाकुरले ८ मन्त्री र २ राज्यमन्त्री पाउनुपर्ने दाबी गरेका छन् । तर प्रधानमन्त्री ओलीले गृहबाहेक खाली ६ मन्त्रालय लिएर सरकारमा सहभागी हुन प्रस्ताव गरेको स्रोतको दाबी गरेको छ ।

    ‘गृहबाहेक खाली मन्त्रालयको जिम्मेवारी लिएर सरकारमा सहभागी हुन प्रधानमन्त्रीजीले प्रस्ताव गर्नुभएको छ,’ जसपा स्रोतले भन्यो, ‘हामीले १० मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएका छौं तर अहिले ठोस निर्णय केही भएको छैन ।’

    जसपाले संविधान संशोधन, झूटा मुद्दा फिर्ता, जेलमा रहेका नेता रेशम चौधरीको रिहाइ, नागरिकता समस्या समाधान लगायत मुद्दा उठाउँदै आएको छ । सरकारले केही माग पूरा गरेको र केही पूरा हुने प्रक्रियामा रहेकाले जसपा सरकारमा सहभागी हुन सक्ने सम्भावना बढेर गएको छ ।

    नेकपा एमाले नेता नेम्वाङका अनुसार जसपाले उठाउँदै आएको माग तथा सरकारमा सहभागी हुने विषयमा छलफल भएको छ । जसपाले उठाउँदै आएको माग सम्बोधन हुने प्रक्रियामा रहेकाले अहिल्यै सरकारमा सहभागी हुने विषयमा निर्णय भई नसकेको उनले बताएका छन् ।

    संविधान संशोधनका लागि गठित कार्यदलले गरिरहेको कामबारे समेत बैठकमा छलफल भएको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा रहेकाले फैसलापश्चात् नै जसपा सरकारमा सहभागी हुने/नहुनेबारे निर्णय गर्ने ठाकुरको रणनीति रहेको छ ।

    यद्यपि एमालेजस्तै जसपामा चर्को विवाद छ । जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव ओली सरकारको विरोधमा रहेका छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने अभियानमा भट्टराई र यादव रहेका छन् । ओली सरकारमा सहभागी हुने विषयलाई लिएर जसपा फुटनजिक छ ।

    जसपाभित्र एकअर्कालाई स्पष्टीकरण सोध्ने होडबाजी समेत चलेको छ । चितबुझ्दो जवाफ नदिएमा कारवाही गरिने चेतावनीयुक्त स्पष्टीकरण सोधिए पनि कसैले जवाफ दिइसकेका छैनन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend