काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको कडा आलोचना गर्दै आएका नेता भीम रावलले राष्ट्रपति विद्यादेवी भण्डारीको समेत आलोचना गरेका छन् ।
राष्ट्रपति भण्डारीले कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराइदिन आग्रह गर्दै विभिन्न देशका राष्ट्र प्रमुखलाई पत्राचार गरेकोप्रति नेता रावलले आपत्ति जनाएका छन् ।
राष्ट्रपति भण्डारीले कार्यकारी प्रमुखझै पत्राचार गर्नु संविधानको उल्लंघन भएको नेता रावलले ट्विटरमा लेखेका छन् ।
रावलले लेखेका छन्, ‘कोरोनाबाट त्रसित जनताको मनोदशाको शोषण गर्दै राष्ट्रपतिले कार्यकारी प्रमुखझैं विभिन्न देशका राष्ट्रपतिलाई खोप याचना पत्राचार गर्नु संविधान र प्रणालीको उल्लंघन हो । यसले के प्रधानमन्त्री र सरकार निकम्मा भई राष्ट्रपति कहाँ अधिकार बुझाउने असंवैधानिक बाटोमा अग्रसर हो भन्ने गम्भीर प्रश्न उठ्छ ।’
राष्ट्रपतिले खोपका लागि चिनियाँ राष्ट्रपतिसँग टेलिफोन वार्ता र अन्य देशका राष्ट्र प्रमुखलाई पत्राचार गरेकी छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।