आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

यी हुन् लुम्बिनीमा कांग्रेसलाई सानदार जीत दिलाउने लोकप्रिय सांसद

यी हुन् लुम्बिनीमा कांग्रेसलाई सानदार जीत दिलाउने लोकप्रिय सांसद

  • मिडिया डबली
  • सोमवार, जेठ १७ २०७८

  • 9.3K
    SHARES

  • यी हुन् लुम्बिनीमा कांग्रेसलाई सानदार जीत दिलाउने लोकप्रिय सांसद

    काठमाडौं – लुम्बिनी प्रदेशमा सोमबार भएको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेले ५४६ मतभारले अगाडि आउँदै सानदार जीत हात पारेका छन् ।

    सोमबार भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५४६ मतभारले पराजित गर्दै पाण्डे विजयी भएका हुन् ।

    मतगणनामा नेपाली कांग्रेसका पाण्डेले ४ हजार १४० मतभार ल्याउँदा नेकपा एमालेका चन्द्रबहादुर खड्काले ३ हजार ५९४ मतभार मात्रै ल्याउन सके ।

    कांग्रेस उम्मेदवार पाण्डेलाई विपक्षी गठबन्धनमा रहेका दलहरू नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन् ।

    लुम्बिनीमा कूल ३०० मतदाता भएपनि सोमवार भएको मतदानमा २९७ मत खसेको थियो ।

    मतदानमा स्थानीय तहतर्फ खसेको २१२ मध्ये १ मत बदर हुँदा सदर भएका २११ मतमध्ये पाण्डेले ११८ मत पाएका छन् भने एमालेका उम्मेदवार खड्काले ९३ मत पाएका छन् । 

    प्रदेश सभाका ८३ मतमध्ये १ मत बदर हुँदा पाण्डेले ४२ मत पाएका छन् भने खड्काले ४० मत पाएका छन् ।

    लुम्बिनी प्रदेशमा नेकपा प्रदेशसभा र स्थानीय तह दुबैतिर अल्पमतमा परेको छ भने विपक्षी गठबन्धनले बहुमत पाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend