आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

धवलशमशेरको निर्णयले ओली र कमल थापालाई धक्का

धवलशमशेरको निर्णयले ओली र कमल थापालाई धक्का

  • मिडिया डबली
  • सोमवार, जेठ १७ २०७८

  • 7.3K
    SHARES

  • धवलशमशेरको निर्णयले ओली र कमल थापालाई धक्का

    काठमाडौं - नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणाले राष्ट्रिय सभाको उपनिर्वाचनमा मतदान नगर्ने निर्णय गरेका छन् । कोरोना महामारीका बेला मतदान आफ्नो प्राथमिकतामा नपरेको भन्दै उनले निर्वाचन बहिष्कार गरेका हुन् ।

    लुम्बिनी प्रदेशको राष्ट्रिय सभाको रिक्त पदमा आज मतदान भइरहेको छ ।

    ‘आज हुने लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्यको उपचुनाव मेरो प्राथमिकतामा परेन। मेरो अहिलेको पहिलो कर्तव्य कोरोनासँग जुध्ने रहेकोले कांग्रेस, एमाले र माओवादीको यो अवस्थामा भईरहेको जुधाईलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु,’ उनको ट्वीटमा उल्लेख छ।

    राणा राप्रपाबाट मेयरमा निर्वाचित भएका हुन् । यसअघि राप्रपाले बागमती प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा एमाले उम्मेदवार रामबहादुर थापा बादललाई मतदान गरेको थियो ।

    राप्रपा अध्यक्ष कमल थापा ओली सरकारमा सामेल हुने चर्चा चलिरहेका बेला राणाको यो निर्णयले प्रधानमन्त्री केपी ओलीको पार्टी एमालेका उम्मेद्वार चन्द्रबहादुर खड्कालाई धक्का लागेको छ । लुम्बिनी प्रदेशको राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस उम्मेदवार दीर्घनारायण पाण्डेले जित्ने निश्चित देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend