काठमाडौं - जनता समाजवादी पार्टी औपचारिक विभाजनको अवस्थामा पुगेका बेला सो पार्टीका अध्यक्ष महन्थ ठाकुर सरकारमा सहभागी हुने बारे छलफल गर्न बालुवाटार पुगेका छन् ।
सोमबार बिहानदेखि प्रधानमन्त्री ओली र जसपा अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतोबीच छलफल जारी छ । आफूहरुको अधिकांश माग वर्तमान सरकारले पूरा गरेको भन्दै ठाकुर पक्षले ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ । सो पार्टीबाट महतोले सरकारमा प्रतिनिधित्व गर्ने भएका छन् ।
सरकारमा सामेल हुने नेताको नामसमेत जसपाको ठाकुर पक्षले तय गरिसकेको छ । अहिलेको अवस्थामा सरकारमा जाने वातावरण भएकाले यसै सन्दर्भमा बालुवाटारमा छलफल भइरहेको जसपा नेता डा.सुरेन्द्रकुमार झाले जानकारी दिए ।
जसपाको उपेन्द्र यादव पक्ष भने सरकारमा सहभागी हुने छैन । सो पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले औपचारिक रूपमै अलग हुन आज प्रस्ताव गरिसकेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।