काठमाडौं – नेकपा एमालेभित्र नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई पार्टीबाट निष्कासित गरिएको भएपनि अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वभित्र पनि गडबडी देखिएको छ ।
पार्टीको पूर्व निर्धारित स्थायी कमिटी बैठक अकस्मात स्थगित हुँदै आएको छ ।
हिजो आईतबारको बैठक स्थगित गरेर आज सोमबार बोलाइएको थियो । आजको बैठक समेत अन्तिममा आएर स्थगित भएको छ ।
प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा आज सोमबार बिहान १० बजे बस्ने गरी बोलाइएको बैठक भोलि मंगलबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।
एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले शीर्ष नेताहरूको कार्यव्यस्तताका कारण बैठक सारिएको बताएका छन् । आज सोमबार लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाको उपनिर्वाचन भइरहेको छ ।
प्रधानमन्त्री ओलीले सरकारमा रिक्त रहेका मन्त्री पदमा पदपूर्ति गर्न चाहेको र जसपासँग कुरा नमिल्दा नयाँ गडबडी देखिएको स्रोतले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।