काठमाडौं – सत्तारुढ नेकपा एमालेको स्थायी कमिटी बैठक आज सोमवार बिहान १० बजे बस्दैछ ।
यसअघि हिजो आईतबार बस्ने भनिएको बैठक स्थगित भएको थियो ।
आईतबार आन्तरिक तयारी तथा केही नेताको कार्यव्यस्ताताका कारण बैठक स्थगित भएको बैठक जनाउँदै सोमवार बिहान १० बजे बालुवाटारमै बस्ने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताएका छन् ।
स्थायी कमिटी बैठकमा शनिवार अध्यादेशमार्फत ल्याइएको बजेटको समीक्षा तथा पार्टीको आन्तरिक वातावरणबारे छलफल हुने भएको छ ।
पछिल्लो समय एमालेमा पार्टी अनुशासनविपरीत कार्य गरेको भन्दै नेताहरूलाई कारबाही गर्ने क्रम समेत छ । आजको बैठकले स्पष्टीकरण सोधिएका १२ नेताहरूलाई कारवाही गर्नसक्ने स्रोतले जनाएको छ ।
यसअघिको स्थायी कमिटी बैठकले माधवकुमार नेपालसहित ११ नेतालाई पार्टी साधारण सदस्यबाटै निष्कासित गर्दै १२ नेतालाई स्पष्टीकरण सोधेको थियो ।
स्पष्टीकरण सोधिएका नेताहरूमा घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडा छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्न हस्ताक्षर गरेका २३ जना तत्कालीन सांसदलाई कारवाही गर्न एमालेले प्रक्रिया अगाडि बढाएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।