काठमाडौं – सत्तारुढ दल नेकपा एमालेको आईतबार बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको छ ।
आज आईतवार साँझ ५ बजेका लागि बोलाइएको बैठक भोलि सोमवार बिहान १० बजे बस्ने गरी स्थगित भएको छ ।
शनिवार सार्वजनिक भएको बजेट लगायत समसामयिक विषयमा छलफल गर्नुपर्ने भएकाले आईतवारका लागि बोलाइएको बैठक स्थगित भएको एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।
पार्टी एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएका हुन् । यसअघि बसेको एमाले स्थायी कमिटी बैठकबाट नेता माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जना सांसदलाई पार्टीबाट निष्कासन गर्ने निर्णय भएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।