काठमाडौं - चालू आवको बजेटमा सरकारले शैक्षिक प्रमाणपत्र राखेर सात लाखसम्म कर्जा निकाल्न सकिने घोषणा गरेको थियो । तर, एक वर्षमा जम्मा ११९ जनाले मात्र यसरी कर्जा लिएका छन् ।
फेरि प्रमाणपत्र देखाउनेवित्तिकै बैंकले ऋण दिने पनि होइन । स्नातक तह उत्तीर्णको सर्टिफिकेट लिएर गयो, बैंकले धमाधम ऋण दिन्छ भन्ने मानसिकता छ । यो पहिले नै ल्याइएको कार्यक्रम हो। बैंकले प्रोजेक्ट माग्छ। विश्वसनीय प्रोजेक्ट भए प्रोजेक्ट धरौटी राखेरमात्रै ऋण दिने हो।
अरु त सम्झिने, पानी छम्किने गीत जस्तै हो । अहिले स्नातक तह उत्तीर्ण विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र बैंकमा धितो राखेर ५ प्रतिशत ब्याजमा २५ लाखसम्मको कर्जा निकाल्न पाइने भनेर खुबै प्रचार गरिएको छ ।
जबकि वास्तविकता निकै फरक छ । नेपालमा स्नातक उत्तीर्णको संख्या १० लाख छ । त्यो संख्याले बैंकबाट २५ लाखका दरले कर्जा झिक्ने हो भने २५ खर्ब आवश्यक पर्छ । जबकि बजेटमा सरकारले दुई अर्ब मात्र छुट्याएको छ ।
यतिबेला एमालेको केपी ओली झुण्ड सरकारले खतराको बजेट ल्याएको भन्दै प्रचार गरिरहेका छन् । मानौं कि बजेटमा घोषणा गरिएका सबै रकमको अंक उनीहरूकै खल्तीमा पुग्दैछ ।
आगामी कात्तिक र मंसिरमा मध्यावधि घोषणा गरिएकाले पनि ओली सरकारले प्रचारमुखी र वितरणमुखी बजेट ल्याएको छर्र्लंगै छ । कार्यान्वयन नहुने यस्ता घोषणा जति गरे पनि भइहाल्यो । कोरोना महामारीका बेला बजेटको सीमा जम्मा १० खर्ब मात्र हो ।
बाँकी ६ खर्ब वैदेशिक र निजी क्षेत्रबाट सरकारले ऋण लिने भनेको छ । त्यो १० खर्ब पनि सामाजिक सुरक्षा, कर्मचारीको तलब, प्रशासनिक खर्चमै सकिन्छ ।
अनि कहाँबाट सरकारले गरेको लक्ष्य पूरा हुन्छ ? तैपनि एमाले ओली पक्षले इतिहासकै गज्जब बजेट भनेर हौवा पिटाउन छाडेको छैन । अनेक तर्क कुतर्क गर्ने क्रम सुरु भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।