काठमाडौं – नेकपा एमालेभित्र विवाद चर्किरहेका बेला अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सुर्खेत जिल्लामा नयाँ पार्टी अध्यक्ष चयन गरिएको छ ।
नेकपा एमालेमा माधवकुमार नेपाललाई पार्टीबाट निष्कासित गरिएको भएपनि नेपाल पक्षका नेता मोहनसिंह बडुवाललाई एमालेको सुर्खेत जिल्ला अध्यक्ष चयन गरिएको छ ।
अध्यक्ष बडुवालको नेतृत्वमा २२७ सदस्यीय एमाले जिल्ला कमिटी गठन गरिएको छ ।
एमाले सुर्खेतका अध्यक्ष तथा निवर्तमान सांसद ध्रुवकुमार शाही ओली पक्षमा लागेपछि ओलीलाई चुनौती दिन बडुवाललाई नयाँ अध्यक्ष चयन गरिएको छ ।
समानान्तर कमिटीका अध्यक्ष बनेका बडुवाल यसअघि जिल्ला कमिटीको सचिव रहेका थिए । नयाँ कमिटीको उपाध्यक्षमा टोपबहादुर रास्कोटी, सचिव शिवप्रसाद उपाध्याय र उपसचिव बलबहादुर नेपाली रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।