काठमाडौं – नेकपा एमालेका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले माधवकुमार नेपाल नेकपा एमालेका वरिष्ठ नेता नरहेको स्पष्ट पारेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको विपक्षी गठबन्धनको सामूहिक प्रेस विज्ञप्तिमा माधवकुमार नेपाल एमालेका वरिष्ठ नेता भनेर उल्लेख भएपछि सल्लाहकार थापाले स्पष्टीकरण दिएका छन् ।
नेकपा एमाले स्थायी कमिटी बैठकले केही दिनअघि नेता नेपाललाई पार्टीबाट निष्कासन गरेको थियो । सामाजिक सञ्जाल ट्विटरमा लेख्दै थापाले नेता नेपालको हस्ताक्षर अनाधिकृत रहेको बताए ।
उनले लेखेका छन्, ‘अनाधिकृत कार्य – विघटित प्रतिनिधि सभामा विपक्षी दलका नेता शेरबहादुर देउवा सहितले जारी गरेको वक्तव्यमा माधवकुमार नेपालको हस्ताक्षर अनाधिकृत छ । नेकपा एमालेमा वरिष्ठ नेताको दर्जामा उहाँ हुनुहुन्न र हस्ताक्षर गर्दै हिँड्न सम्बन्धित दलले कहिल्यै खटाएको पनि छैन । अझै विधि र पद्धति !’
पार्टीमा अध्यक्ष ओलीको अत्याचार सहन नसकेर नेता नेपाल विपक्षी गठबन्धनमा पुगेका छन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।