आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीले बोलाए आकस्मिक बैठक, के छ एजेन्डा ?

केपी ओलीले बोलाए आकस्मिक बैठक, के छ एजेन्डा ?

  • मिडिया डबली
  • आइतवार, जेठ १६ २०७८

  • 5.3K
    SHARES

  • केपी ओलीले बोलाए आकस्मिक बैठक, के छ एजेन्डा ?

    काठमाडौं – सत्तारुढ नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको छ ।

    आज आईतवार साँझ ५ बजे बस्ने गरी स्थायी कमिटी बैठक बोलाएको एमाले नेता सुवासचन्द्र नेम्वाङले बताएका छन् ।

    नेम्वाङका अनुसार पार्टीका आन्तरिक विषयमा छलफल गर्न बैठक बोलाइएको छ ।

    यसअघि एमालेले माधवकुमार नेपालसहित ११ नेतालाई पार्टीबाट निष्कासन गरेको दिन थप १२ नेतालाई स्पष्टीकरण सोधेको थियो ।

    पार्टीले सोधेको स्पष्टीकरण नदिने र चित्तबुझ्दो जवाफ नदिने नेताहरूलाई कारवाहीको निर्णय गर्न बैठक बोलाइएको स्रोतले जनाएको छ ।

    विपक्षी गठबन्धनका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि प्रस्ताव गर्दै हस्ताक्षर गर्ने नेपाल पक्षका १२ जना नेतालाई स्थायी कमिटीले स्पष्टीकरण सोधेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend