काठमाडौं – नेकपा एमाले पार्टीभित्र अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेताहरूलाई स्पष्टीकरण सोध्दै एकपछि अर्काे कारवाही गरिरहेका बेला ओली गुटकै एक सांसदलाई स्पष्टीकरण सोधिएको छ ।
एमाले सुदूरपश्चिम प्रदेशसभा संसदीय दलले पूर्वमन्त्री तथा पठानसिंह बोहरालाई स्पष्टीकरण सोध्दै कारवाहीको चेतावनी दिएको छ । संसदीय दलले कारवाहीको निर्णय गरेमा उनको सांसद पदमुक्त हुनेछ ।
एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहले ओली पक्षका सांसद बोहरालाई स्पष्टीकरण सोधेका हुन् । दल नेता शाह नेता भीम रावल पक्षका हुन् । केन्द्रमा ओलीले भीम रावललाई पार्टीबाट निष्कासित गरेपछि प्रदेशमा ओली पक्षका सांसदलाई कारवाही हुन थालेको हो ।
सांसद बोहरालाई दल नेता शाहले लेखेको पत्रमा स्वयं उपस्थित भएको संसदीय दलको बैठकको निर्णयविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको, निर्णय कार्यान्वयनमा बाधा सिर्जना गरी गुटबन्दी गरेको लगायतका विषयमा जवाफ माग गरिएको छ ।
बोहराले तथ्यसंगत जवाफ नदिएमा संसदीय दलको विधान बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ ।
यस्तो छ पत्र –


मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।