सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
राजनीतिक विशेष

गणतन्त्रका महानायक गिरिजाप्रसाद, प्रचण्ड र माधव : वामदेव

गणतन्त्रका महानायक गिरिजाप्रसाद, प्रचण्ड र माधव : वामदेव

  • मिडिया डबली
  • शनिवार, जेठ १५ २०७८

  • 7.1K
    SHARES

  • गणतन्त्रका महानायक गिरिजाप्रसाद, प्रचण्ड र माधव : वामदेव

    काठमाडौं - एमाले नेता वामदेव गौतमले गणतन्त्रका महानायक नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले महासचिव माधवकुमार नेपाल भएको बताएका छन् ।

    १४औं गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै शनिबार गौतमले तीन नेतालाई नेपालमा गणतन्त्र स्थापना गर्ने मुख्य नायक मानेका हुन् । उनले वर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीको नाम उल्लेख नगरे पनि उनीप्रति लक्षित गर्दै गणतन्त्र विरोधीको संज्ञा दिएका छन् ।

    ‘२०६५ जेठ १५ गतेको अवस्थामा नेपाललाई पुर्याउने युगान्तकारी संघर्षका महानायकहरु भने नेपाली कांग्रेस पार्टीका सभापति गिरिजाप्रसाद कोइराला, नेकपा (एमाले) का महासचिव माधवकुमार नेपाल र नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड हुनुहुन्थ्यो। उहाँहरुमध्ये गिरिजाप्रसाद कोइराला हामीबीच हुनुहुन्न ।

    अरु दुईजना भने नेपाली राजनीतिमा सक्रिय नै हुनुहुन्छ,’ गौतमले लेखेका छन् । गौतमले एमालेको केन्द्रीय कमिटीको बहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य तीन नेता विरुद्धमा रहेको उल्लेख गरेका छन् ।

    झापा संघर्षका मुख्य नेतामा केपी ओली पनि एक हुन् । तर, अहिले तिनै ओली गणतन्त्रको नारा लगाउन छाड्दैनन् । नेपालमा गणतन्त्रको नारा सडकमा लाग्दा ओलीले भनेका थिए– बयलगाडा चढेर अमेरिका पुगिन्छ ?

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend