काठमाडौं – नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र मन्त्रीहरूलाई सरकार छाड्न दिएको निर्देशनविपरीत एमाले र माअोवादी केन्द्र मिलेर सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन भएको छ ।
प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज शुक्रबार सरकार पुनर्गठन गर्दै ८ जना नयाँ मन्त्रीहरू थपेका छन् ।
नयाँ नियुक्त हुनेहरूमा प्रदेश सरकारको सामाजिक विकास मन्त्रीमा पूर्णा जोशी, आन्तरिक मामिला तथा कानूनमन्त्रीमा लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास मन्त्रीमा दीर्घ सोडारी र उद्योग, वन तथा वातावरण मन्त्रीमा मानबहादुर धामी रहेका छन् ।
नयाँ नियुक्त राज्यमन्त्रीमा चुनकुमारी चौधरी, मनाकुमारी साउँद, अर्चना गहतराज र मानबहादुर सुनार रहेका छन् ।
पार्टी केन्द्रको निर्णयविपरीत एमाले सांसदहरू मन्त्री बनेपछि अब कारवाहीको निर्णय हुनसक्ने जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।