काठमाडौं - नेपाली कांग्रेसका युवा नेता गगन थापाले भेरी अस्पतालमा डाक्टर र नर्स कुट्नेलाई कुनै पनि बहानामा उन्मुक्ति नदिन प्रधानमन्त्रीसँग माग गरेका छन् ।
कठिन समयमा दिनरात भोकप्यास नभनी बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई आडभरोसा दिनुको सट्टा आक्रमण गर्नु निन्दनीय भएको थापाले बताएका छन् ।
नेता थापाले शुक्रबार सामाजिक सञ्जालमार्फत भेरी अस्पतालमा भएको घटना अकल्पनीय र अक्षम्य भएको बताउँदै प्रधानमन्त्री केपी ओलीलाई सो घटनामा संलग्न दोषीलाई कुनै पनि बहानामा उन्मुक्ति नदिन माग गरेका हुन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।