आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीको खेलमा जसपाभित्र अर्कै झेल !

केपी ओलीको खेलमा जसपाभित्र अर्कै झेल !

  • मिडिया डबली
  • शुक्रवार, जेठ १४ २०७८

  • 6.9K
    SHARES

  • केपी ओलीको खेलमा जसपाभित्र अर्कै झेल !

    काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालमा विवाद चर्किंदै गएपछि एकआपसमा सोधिएको स्पष्टीकरणको जवाफ कसैले नदिने भएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने विषयमा विवाद चर्किंदै गएपछि स्पष्टीकरण सोध्ने र निर्णय अवज्ञा गर्ने दुबै समूहले गरिरहेका छन् ।

    जसपा अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवसँग पार्टी निर्णय र हितविपरीत कार्य किन गरेको भन्ने खेलमा लागेका र अर्काको नेतृत्वमा सरकार बनाउने र जोगाउने पछाडि लागेर आफ्नै दल विभाजन गर्ने खेल गरिएको आरोप लगाएका छन् ।

    जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतो प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा रहेको सरकारमा सहभागी हुनुपर्ने अडानमा रहेका छन् ।

    पार्टीले उठाउँदै आएको मधेशका केही माग पूरा भएको र केही पूरा गर्ने क्रममा रहेकाले ओली नेतृत्वकै सरकारमा सहभागी हुनुपर्ने पक्षमा उनीहरु छन् । पार्टी निर्णयविपरीत कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर किन गरेको, प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमा हस्ताक्षर किन गरेको लगायत आरोप ठाकुरले लगाउँदै यादवसँग स्पष्टीकरण सोधेका छन् ।

    तर संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष यादव पक्षले देउवा नेतृत्वको सरकारमा सहभागी हुनुपर्ने अडान राखेको छ । ओली असंवैधानिक र अलोकतान्त्रिक तरिकाले प्रतिनिधिसभा विघटन गर्ने, मधेशको माग सम्बोधन नगर्ने, निरंकुश भएकाले सहकार्य नहुने निष्कर्ष यादव पक्षको रहेको छ ।

    यादव पक्षले पार्टी निर्णय र नीतिविपरीत ओलीको असंवैधानिक कदमलाई साथ दिएको तथा राष्ट्रपति कार्यालय, निर्वाचन आयोग र संसद् सचिवालयलाई पत्र पठाएको आरोप लगाउँदै ठाकुरसँग स्पष्टीकरण सोधेको छ ।

    यसैबीच दुबै समूहले पार्टी र संसदीय दलको फर्जी बैठक गरेका छन् । एकअर्कोमाथि विभिन्न आरोप लगाउँदै स्पष्टीकरण सोध्ने र कारवाही प्रक्रिया अघि बढाउने आन्तरिक तयारीमा रहेका छन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend