काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज बुधवार साँझ शितल निवासमा २ घण्टा भेटवार्ता भएको छ ।
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच साँझ ६ बजेदेखि राति साढे ८ बजेसम्म छलफल भएको शितलनिवास स्रोतले जनाएको छ ।
हालै गरिएको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा रिट परेको र जेठ १५ गते बजेट ल्याउने मिति नजिकिँदै गर्दा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।