आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बालुवाटारको निर्णयविरुद्ध एमालेका बहुमत सांसद, केपी ओली अल्पमतमा

बालुवाटारको निर्णयविरुद्ध एमालेका बहुमत सांसद, केपी ओली अल्पमतमा

  • मिडिया डबली
  • बुधवार, जेठ १२ २०७८

  • 16.0K
    SHARES

  • बालुवाटारको निर्णयविरुद्ध एमालेका बहुमत सांसद, केपी ओली अल्पमतमा

    काठमाडौं – नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका निर्णय गर्न सरकारी निवास बालुवाटारमा नै बैठक राख्ने गरेका छन् ।

    हालै बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले नेता माधवकुमार नेपाल र भीम रावलसहित ११ नेतालाई पार्टी सदस्यबाटै निष्कासन गरेकै दिन सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय समेत गर्‍यो ।

    समर्थन फिर्ता लिने निर्णयसँगै एमालेका सबै मन्त्रीलाई २४ घण्टाभित्र सरकार छाड्न निर्देशन दिइएको थियो । तर ओली नेतृत्वको बैठकले दिएको निर्देशन सुदूरपश्चिमका एमाले मन्त्रीहरूले पालना गरेका छैनन् ।

    यत्ति मात्रै होइन, सुदूरपश्चिमका एमालेका बहुमत सांसद बालुवाटार बैठकको निर्णयविरुद्ध देखिएका छन् । बुधबार बसेको नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले माओवादीका मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ ।

    संसदीय दलको बुधबार बसेको बैठकले वर्तमान सरकारलाई निरन्तरता दिने निर्णय गरेको छ । यसरी सुदूरपश्चिममा ओली अल्पमतमा परेका छन् । ५२ सदस्यीय प्रदेशसभामा २५ एमालेका सांसद छन्, जसमध्ये १८ सांसद नेता माधवकुमार नेपाल पक्षमा, ६ सांसद ओली पक्षमा र १ सांसद सभामुख रहेका छन् ।

    नेकपा एमालेलाई एकताबद्ध बनाउँदै माओवादी सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय भएको प्रदेश सांसद पूर्णा जोशीले जानकारी दिइन् ।

    उनले भनिन्, ‘जनताको जिउधनको सुरक्षा, ज्यान बचाउने कुराहरु पहिलो प्राथमिकतामा राखेर महामारी नियन्त्रणमा सरकारले प्रभावकारी रूपमा काम गर्ने र तत्कालका लागि  समर्थन फिर्ता नलिने निर्णय भएको छ ।’

    सांसद जोशीले दीर्घकालीन रुपमा सबै राजनीतिक दलहरुसँग सार्थक संवादका माध्यमबाट सरकारको नेतृत्व परिवर्तन गर्नका लागि समेत संवाद थाल्ने निर्णय भएको जानकारी दिइन् ।

    जोशीले भनिन्, ‘वर्तमान परिस्थितिलाई तत्कालै सरकारमा गएका मान्छेहरुलाई फिर्ता गरेर सरकार बन्नसक्ने अवस्था नरहेको र बजेट समेत ल्याउनुपर्ने भएकाले हतारोको निर्णय नगरिकन परिपक्व निर्णय गरेर मात्रै जाने भन्ने निर्णय भएको छ ।’

    संसदीय दलका बहुमत सांसदले ओलीको निर्णयविरुद्ध उत्रिएपछि ओली पक्षको पार्टी प्रदेश कमिटीले सुदूरपश्चिम प्रदेशको सरकारमा रहेका एमाले मन्त्रीलाई फिर्ता हुन निर्देशन दिएको छ ।

    एमाले प्रदेश कमिटीले संसदीय दलका प्रमुख सचेतक तारालामा तामाङसहित मन्त्रीहरूलाई निर्देशन दिँदै पत्र पठाएको छ । प्रमुख सचेतक तामाङलाई प्रदेश सरकारमा सहभागी मन्त्रीलाई फिर्ता गराउन निर्देशन दिइएको हो ।

    प्रदेश सरकारमा एमालेबाट आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाह, उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री माया भट्ट र सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी सबै नेता माधवकुमार नेपाल र भीम रावल पक्षमा रहेका छन् ।

    एमाले प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्रसिंह रावलले सचेतकसहित तिनै मन्त्रीलाई निर्देशनसहित पत्र पठाएका छन् ।

    एमाले प्रदेश कमिटी अध्यक्ष कर्ण थापाले स्थायी कमिटीको निर्णय अनुसार सुदूरपश्चिम प्रदेशमा एमाले नेतृत्वको सरकार बनाउन मन्त्रीलाई फिर्ता हुन निर्देशनसहित पत्र दिइएको बताएका छन् । प्रदेश कमिटी अध्यक्ष थापाले पार्टीको निर्णयविरुद्ध जानेलाई कारबाही गरिने बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend