आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

अमिताभ वचनको नेतृत्वमा भीम रावलको पुत्ला जल्यो, आक्रोशमा जनता

अमिताभ वचनको नेतृत्वमा भीम रावलको पुत्ला जल्यो, आक्रोशमा जनता

  • मिडिया डबली
  • मंगलवार, जेठ ११ २०७८

  • 12.3K
    SHARES

  • अमिताभ वचनको नेतृत्वमा भीम रावलको पुत्ला जल्यो, आक्रोशमा जनता

    काठमाडौं – नेकपा एमालेबाट निष्कासित नेता भीम रावलले नागरिकता सम्बन्धमा विवादास्पद अभिव्यक्ति दिएपछि वीरगञ्जमा पुत्ला दहन गरिएको छ ।

    स्थानीय युवा नेता अमिताभ वचन दासको नेतृत्वमा नेता रावलको पुत्ला दहन गरिएको छ । दासले रावलमाथि भ्रमपूर्ण प्रचार गरी साम्प्रदायिकता भड्काउन खोजेको आरोप लगाएका छन् ।

    उनले भने, ‘नेपालको संविधानको भाग २ को धारा १० (१) मा ‘कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन’ भन्ने स्पष्ट संवैधानिक व्यवस्थाका बाबजुद पनि नागरिकता प्राप्त गर्न योग्य आफ्नै देशका लाखौंलाख युवा–युवतीलाई विभिन्न बहाना र जालझेलको आडमा अनागरिक बनाइराख्ने षड्यन्त्र विफल पार्न आएको नागरिकता अध्यादेशको विरोध गर्नेहरू मधेश विरोधी हुन् ।’

    वीरगञ्जका सचेत, जागरुक एवं क्रान्तिकारी युवा साथीहरूले कोरोनाको कहरलाई मध्यनजर गर्दै सांकेतिक रूपमा अध्यादेशको विरोध गर्ने, मधेशलाई बदनाम गराउने सन्की, अराजक, नश्लवादी मानसिकतामा लिप्त भीम रावलको पुतला दहन गरी विरोध जनाएका छन् ।

    नेपाली नागरिकता प्राप्त नागरिकका सन्तानलाई नागरिकता दिने उद्देश्यले आएको अध्यादेशलाई अनुचित ढंगबाट विवादित एवं बदनाम गराउन तराई–मधेशमा नागरिकताको पसल खुल्यो, सिक्किमीकरण र फिजीकरण हुने भयो भनेर अनर्गल दुष्प्रचारको हर्कत राष्ट्रवाद हो कि देश र जनतप्रतिको घात सबैले समयमै बुझ्न जरूरी रहेको दासको भनाइ छ ।

    186488036_3619727261584948_1285512062392184890_n.jpg

    लाखौं नागरिक राज्यविहीनता महसूस गरिरहेको अवस्थामा सरकारले नागरिकतासम्बन्धी समस्या समाधान गर्न ल्याएको नागरिकता अध्यादेशबारे झूटा एवं भ्रमपूर्ण कुरा गरेर पार्टीबाट निष्काशित माधव नेपाल पक्षीय सदस्य भीम रावलले साम्प्रदायिकता भड्काउन खोज्दा मंगलबार वीरगञ्जका युवाहरूले पुत्ला दहन गरेका युवाले जनाएका छन् ।

    186495055_264014922076079_3903145812425940105_n.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend