काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीले प्रधानन्यायाधीशलाई मध्यरातमा बोलाउनु लोकतन्त्रका लागि शुभसंकेत नभएको टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच मध्यरातमा भेट भएको र विदेशी दूतले प्रधानमन्त्रीलाई पटक–पटक भेटेको समाचारप्रति टिप्पणी गर्दै भट्टराईले लोकतन्त्रका लागि खतरा भएको बताए ।
डा. भट्टराईले ट्विटरमा लेखेका छन्, ‘प्रधानन्यायाधीशलाई प्रमले मध्यरातमा निवास बोलाउने, विदेशी दूतले पटक–पटक भेट्ने आदि समाचार/हल्ला लोकतन्त्रका लागि शुभसंकेत हैनन् !’
पूर्व प्रधानमन्त्री भट्टराईले खिलराज रेग्मीलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाइएको घटना नजीर बन्न नसक्ने समेत बताए । ‘खिलराज रेग्मी प्रकरण अन्तरिम संविधानकालको अपवाद हो, त्यो नियम/नजीर बन्न सक्दैन,’ उनले भने ।
डा. भट्टराईले राज्यका प्रमुख अंगलाई षड्यन्त्रपूर्वक सिध्याउने र संविधान तथा लोकतन्त्रलाई नै मास्ने खेल भइरहेकाले त्यो हुन नदिने बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।