काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई पार्टी सदस्यबाटै निष्कासन गरेको छ ।
निष्कासनपछि प्रारम्भिक प्रतिक्रिया जनाउँदै नेता खनालले केपीले गरेको कारवाहीले केही फरक नपर्ने बताएका छन् ।
आज सोमवार बसेको एमाले स्थायी कमिटी बैठकले नेता खनाल, माधवकुमार नेपाल, भीम रावलसहित ११ नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।
नेता खनालले ओलीले गरेको कारवाहीले आफ्नो रौं पनि नहल्लिएको बताएका छन् ।
‘आफ्ना सहयोद्धा साथीहरुलाई यसरी कारबाही गरेका छन् । यो ओलीको हिटलर, निरंकुश, निर्मम र क्रुरतापूर्ण काम हो,’ नेता खनालले भने, ‘म १ महिनादेखि बिरामी भएर बसेको मान्छेको रौं समेत हल्लिएको छैन । ओलीले मान्छेका लाशहरूमाथि शासन गरेका छन् । यस्तो अपराधीलाई चाडोभन्दा चाडो यो समाजबाट बिदाइ गर्नुपर्छ ।’
नेता खनालले ओलीलाई चाडै समाजबाट बिदाइ गर्नुपर्ने ‘प्लान’ सुनाएका छन् । नेता खनालले प्रधानमन्त्री ओलीले जनताको लाशमाथि राजनीति गरिरहेको आरोप लगाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।