काठमाडौं – सत्तारुढ नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टीका वरिष्ठ नेताहरूलाई पार्टी सदस्यबाटै निष्कासन गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा सोमवार बसेको एमाले स्थायी कमिटी बैठकले माधवकुमार नेपालसहित ११ नेतालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।
बैठकले थप १२ जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय समेत गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गर्ने नेताहरू कारवाहीको निशानामा परेका छन् ।
निष्कासन गरिएका नेताहरूमा माधवकुमार नेपाल, झलनाथ खनाल, भीमबहादुर रावल, मुकुन्दन न्यौपाने, कल्याणी कुमारी खड्का, कलिला खातुन, रामकुमारी झाँक्री, सरला कुमारी यादव, लक्ष्मी कुमारी चौधरी, पुष्पा कुमारी कर्ण र निरादेवी जैरु छन् । यसअघिको बैठकले सोधेको स्पष्टीकरणको जवाफ नदिएपछि निष्कासन गरिएको हो ।
बैठकले विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, सुरेन्द्र पाण्डे, मेटमणि चौधरी, दिपक प्रकाश भट्ट र नारायण खतिवडालाई स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ ।
एमाले बैठकले मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय समेत गरेको प्रवक्ता प्रदीप ज्ञवालीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
पढ्नुहोस् निर्णयको पूर्णपाठ –

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।