आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीमाथि एमाले भित्रैबाट लाग्यो गम्भीर आरोप

केपी ओलीमाथि एमाले भित्रैबाट लाग्यो गम्भीर आरोप

  • मिडिया डबली
  • सोमवार, जेठ १० २०७८

  • 9.5K
    SHARES

  • केपी ओलीमाथि एमाले भित्रैबाट लाग्यो गम्भीर आरोप

    काठमाडौं – नेकपा एमालेभित्र विवाद चर्किरहेका बेला निष्कासनमा परेका नेता माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएको छ ।

    नेपाल पक्षका नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी फुटाउन हतार गरेको गम्भीर आरोप लगाएका छन् ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले ११ नेतालाई पार्टी सदस्यबाटै निष्कासन गरेको र १२ नेतालाई स्पष्टीकरण सोधेपछि प्रतिक्रिया जनाउँदै नेताहरूले अध्यक्ष ओली विभाजनतिर लागेको बताए ।

    नेपाल पक्षका स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले स्पष्टीकरण र कारवाहीको कुनै अर्थ नभएको बताएका छन् । ‘अध्यक्ष ओलीले जसरी पनि एमाले फुटाउने कसम खानुभएको छ, त्यसैको उपज हो नेताहरूमाथिको कारवाही,’ उनले भने ।

    एमालेका पूर्व उपाध्यक्ष ज्ञवालीले अब केपी ओली सँगसँगै हिँड्न नसक्ने अवस्थामा पुगेको बताएका छन् । ‘एमालेलाई जेठ २ गतेको अवस्थामा फर्काउन उहाँ सहमत हुनुभएन, विवाद समाधान गर्न भनेर गठन गरिएको कार्यदल केवल रामबहादुर थापा ‘बादल’लाई चुनाव जिताउने रणनीति रहेछ भन्ने आज आएर पुष्टि भयो,’ उनले भने ।

    अर्का नेता भीम रावलले समेत आफूहरूमाथि गरिएको कारवाही हाँस्यास्पद रहेको टिप्पणी गरेका छन् । ‘पार्टी विधान मिच्दै मनपरी गर्ने, संविधान उल्लंघन गर्ने, देशको अस्मिता र अस्तित्वमा आघात पार्ने नागरिकता वितरण लगायतका राष्ट्रघाती कुकृत्य गर्ने र देशलाई अस्तव्यस्त बनाउने केपी गुटले हामीलाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हाँस्यास्पद छ । यो केपी गुटको फुटवादकै निरन्तरता हो,’ रावलले ट्विटरमार्फत प्रतिक्रिया जनाएका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend