आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

देउवाका पछिपछि अदालत जाने माधव नेपालसहित यी ११ नेता एमालेबाटै ‘आउट’

देउवाका पछिपछि अदालत जाने माधव नेपालसहित यी ११ नेता एमालेबाटै ‘आउट’

  • मिडिया डबली
  • सोमवार, जेठ १० २०७८

  • 5.7K
    SHARES

  • देउवाका पछिपछि अदालत जाने माधव नेपालसहित यी ११ नेता एमालेबाटै ‘आउट’

    काठमाडौं – नेकपा एमालेको बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेर सर्वाेच्च अदालत जाने वरिष्ठ नेता माधव नेपाल पक्षका ११ जनालाई निष्कासन गरेको छ ।
     
    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको एमाले स्थायी कमिटी बैठकले देउवाको पक्षमा हस्ताक्षर गरेका नेतालाई पार्टीबाट निष्कासन गरेको हो ।

    एमाले पार्टी सदस्यबाटै निष्कासन गरिएका नेताहरुमा माधवकुमार नेपाल, झलनाथ खनाल, भीमबहादुर रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खान, निरादेवी जैरु, लक्ष्मीकुमारी चौधरी र कल्याणीकुमारी खड्का रहेका छन् । पार्टीहितविरुद्ध गतिविधि गरेकोमा सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले पार्टीबाटै निष्कासन गर्ने निर्णय गरिएको जनाइएको छ ।

    पार्टीको निर्देशनविपरीत कार्यकर्ता भेला गरेको भन्दै नेता नेपाल, रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई चैत्र १० गते ६ महिनाका लागि निलम्बन गरिएको थियो तर पार्टी एकता कायम राख्ने भन्दै वैशाख ३० गते कारवाही फिर्ता लिइएको थियो । 

    राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार रामबहादुर थापा ‘बादल’विरुद्ध उम्मेदवार खडा गरेको र मतदान गराएको आरोप नेपाल पक्षमाथि लागेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend