आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीले बोलाए आकस्मिक बैठक, सर्वाेच्च अदालत पुगेका माधव नेपाललाई थप कारवाही 

केपी ओलीले बोलाए आकस्मिक बैठक, सर्वाेच्च अदालत पुगेका माधव नेपाललाई थप कारवाही 

  • मिडिया डबली
  • सोमवार, जेठ १० २०७८

  • 6.7K
    SHARES

  • केपी ओलीले बोलाए आकस्मिक बैठक, सर्वाेच्च अदालत पुगेका माधव नेपाललाई थप कारवाही 
    फाइल तस्वीर

    काठमाडौं – नेकपा एमालेका असन्तुष्ट नेता माधवकुमार नेपालसहित सर्वाेच्च अदालत गएका नेताहरूलाई कारवाहीबारे निर्णय गर्न अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक स्थायी कमिटी बैठक बोलाएका छन् ।

    आज अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने स्थायी कमिटी बैठक पार्टीको आन्तरिक विवाद, बजेटको तयारी र पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ ।

    शनिबार बसेको स्थायी कमिटी बैठकले नेता माधव नेपाल, झलनाथ खनाल र भीम रावलसहित विघटित प्रतिनिधि सभाका ११ जना सांसदलाई स्पष्टीकरण सोधेको थियो । अहिले यी ११ नेताहरू नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने आदेश माग्दै सर्वाेच्च अदालत पुगेका छन् ।

    यी नेताहरूले स्पष्टीकरण दिने समय सोमबार बिहान सकिएकाले थप कारवाहीको सम्भावना रहेको स्रोतले जनाएको छ । पार्टीको विवाद समाधानका लागि गठित कार्यदलको सन्दर्भमा समेत बैठकमा छलफल हुने जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend