काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी भएपछि विवाद सिर्जना भएको छ ।
अल्पमतको सरकारले नागरिकता जस्तो दीर्घकालीन असर पार्ने विषयमा अध्यादेश ल्याउनु गलत रहेको भन्दै आलोचना भइरहेको छ ।
सरकारले भने जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्षको माग अनुसार अध्यादेश ल्याएको छ ।
आज आईतबार राष्ट्रपति भण्डारीले जारी गरेको नागरिकता सम्बन्धी अध्यादेशमा जन्मसिद्ध नागरिकका सन्तानलाई आमाबुवा दुवै नेपाली नागरिक भए वंशजका आधारमा नागरिक दिन सकिने व्यवस्था राखिएको छ ।
पढ्न्होस् पूर्णपाठ –



मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।