आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

योगेश भट्टराई ढुलमुल !

योगेश भट्टराई ढुलमुल !

  • मिडिया डबली
  • आइतवार, जेठ ९ २०७८

  • 12.3K
    SHARES

  • योगेश भट्टराई ढुलमुल !

    काठमाडौं – नेकपा एमालेको असन्तुष्ट माधवकुमार नेपाल पक्षले नयाँ प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गरिरहँदा सांसद योगेश भट्टराईले साथ दिएनन् । नेपाल पक्षीय सांसद मानिएपनि उनी प्रधानमन्त्री केपी शर्मा ओलीकै पक्षमा उभिए ।

    तर नेता योगेश भट्टराई ओलीको पक्षमा समेत धेरै दिन टिक्न सकेनन् । एमाले अध्यक्ष ओलीको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले माधव नेपालसहित नेताहरूलाई स्पष्टीकरण सोध्ने र कारवाही गर्ने सम्बन्धमा गरेको निर्णयमा नेता भट्टराईले असन्तुष्टि व्यक्त गरेका छन् । यसरी योगेश भट्टराई ढुलमुल देखिएका छन् ।

    आईतवार सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया जनाउँदै नेता भट्टराईले कारवाही, प्रतिशोध र बदलाको राजनीतिले कसैलाई सही गन्तव्यमा नपुर्‍याउने जनाएका छन् । सबैले आफ्नो विगतलाई हेर्नुपर्ने, धैर्य र संवाद गर्नुपर्ने भट्टराईको सुझाव छ ।

    एमाले नेता माधवकुमार नेपालसहित ११ नेतालाई स्पष्टीकरण सोध्नेबारे शनिवार सम्पन्न एमाले स्थायी कमिटी बैठकले निर्णय गरेको छ ।

    नेता भट्टराईले लेखेका छन्, ‘कारबाही, प्रतिशोध र बदलाको राजनीतिले आजसम्म कसैलाई सही गन्तव्यमा पुर्‍याएको छैन र पुर्‍याउँदैन पनि । पौराणिक होस् वा आधुनिक बेलाका युद्धको शिक्षा यही हो । सबैले आफ्नो विगतलाई हेरौं । धैर्य गरौ, संवाद गरौं ।’

    एमाले बैठकले झलनाथ खनाल र माधवकुमार नेपाल, भीम रावल, मुकुन्द न्यौपाने, कल्याणी खड्का, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र नीरा जैरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend