आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माधव नेपालले गरे अर्काे पार्टी खोल्ने घोषणा, पढ्नुहोस् पूरा अन्तर्वार्ता 

माधव नेपालले गरे अर्काे पार्टी खोल्ने घोषणा, पढ्नुहोस् पूरा अन्तर्वार्ता 

  • मिडिया डबली
  • आइतवार, जेठ ९ २०७८

  • 6.3K
    SHARES

  • माधव नेपालले गरे अर्काे पार्टी खोल्ने घोषणा, पढ्नुहोस् पूरा अन्तर्वार्ता 

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा फेरि विघटन गरिएपछि नेकपा एमालेभित्रको विवाद चर्किएको छ ।

    नेता माधव नेपाल पक्षले संसद विघटनको विरोध गर्दै विपक्षी गठबन्धनलाई साथ दिने घोषणा गरिसकेको छ ।

    यी घटनाक्रमसँगै पार्टी पुनः लगभग विभाजनको अवस्थामा पुगेको छ । वरिष्ठ नेता नेपालले अर्को पार्टी खोल्ने निर्णयमा पुगेको बताएका छन् । उनीसँग गरिएको कुराकानी –

    एमाले फेरि फुटको दिशामा लागेको हो ?

    – केपी शर्मा ओलीले धकेलेर त्यतै पुर्‍याउँदै हुनुहुन्छ । अर्को पार्टी खोल्न बाध्य पार्दै हुनुहुन्छ ।

    तपाईंहरुकै चाहिँ कुरा के हो त ?

    – ओलीजीको प्रतिगमनविरुद्ध राजनीतिक र कानूनी दुबै लडाइँमा जाने हाम्रो स्थायी कमिटीको निर्णय नै छ । हाम्रो शनिवार पनि बैठक बसेको थियो, उहाँको अलोकतान्त्रिक कदमविरुद्ध संघर्ष गर्ने निर्णय गरेका छौं ।

    तपाईंको समूहका स्थायी कमिटी सदस्यहरु अहिले नि एकै ठाउँमा हुनुहुन्छ र ?

    – को–को हुनुहुन्थ्यो भनेर नसोध्नुस्, हाम्रो स्थायी कमिटी बैठक बसेको थियो र हामीले यही निर्णय गर्‍यौं ।

    यही निर्णय भनेको नयाँ पार्टी खोलेर जाने भन्ने हो ?

    – स्वाभाविक हो नि !

    तर तपाईंहरुले शुक्रवार गरेको निर्णयले त न प्रतिनिधिसभा जोगियो, न एमाले जोगाउन सक्नुभयो, घाटा त यहाँहरुलाई नै भयो हैन ?

    – प्रतिनिधि सभामाथि ओलीजीले नै एकपछि अर्को प्रहार गर्न थालेपछि हामीले के गर्न सक्छौं र ? हामीले त जोगाउन सक्दो प्रयत्न गरेकै हो नि ! उहाँले असंवैधानिक कदम चालेपछि हाम्रो उपाय लागेन । प्रतिनिधिसभा र लोकतन्त्र जोगाउन हामी फेरि पनि लागेका छौं । जो लोकतन्त्र र प्रतिनिधिसभा जोगाउन लाग्छ, उसैले कम्युनिस्ट पार्टी जोगाउने हो ।

    लोकतन्त्र जोगाए मात्र न कम्युनिस्ट पार्टी हुनुको उपादेयता रहने हो । लोकतन्त्र, गणतन्त्र र परिवर्तनविरुद्धमा, विदेशी दासताको पक्षमा, विदेशीले लगाएको काममा लागेपछि त कसरी प्रतिनिधिसभा जोगिन्छ ?

    तपाईंहरूले पनि समयमै निर्णय गर्न त नसक्नुभएकै हो नि ?

    – निर्णय गर्न त सबै पाक्नुपर्‍यो । यत्तिकै निर्णय गरेर भएन ।

    लोकतन्त्र जोगाउने भन्ने तर आफ्नो पार्टी अध्यक्षलाई हराउन अर्को पार्टीकालाई सहयोग गर्ने दोहोरो चरित्र भयो भन्ने आक्षेप छ, स्पष्टीकरण नै सोधिएको छ ?

    – हामीसँग कुनै मतलब नराखेर उहाँले नै दक्षिणपन्थीहरुसँग साँठगाँठ गरेको होइन ? उहाँले एकलौटी गर्नुभएको छ । विदेशीसँग याचना गर्नुभएको छ । ओलीजीले सोधेको स्पष्टीकरणबारे के कुरा गर्नु !

    पार्टी एकताका लागि गठन भएको कार्यदल के हुन्छ ?

    – त्यो कार्यदलको औचित्य उहाँले सिध्याइदिनुभयो । यत्रो कार्यदल बनेको छ, सरसल्लाह गर्नुपर्दैन ? सोध्दै नसोधी संसद विघटन गर्ने ? केही सल्लाह गर्नुपर्दैन ? अध्यादेश ल्याउनुअघि केही सल्लाह गर्नुपर्दैन ? आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend