काठमाडौं – प्रतिनिधिसभा विघटनको घोषणा गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शन गर्ने नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) आवद्ध २ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
विद्या र ओलीको असंवैधानिक कदमविरुद्ध सडकमा उत्रिएको नेविसंघमाथि प्रहरीले दमन सुरु गरेको छ ।
शनिवार नेविसंघले देशका विभिन्न शहरमा प्रदर्शन गर्ने क्रममा काठमाडौंमा चिचन्द्र कलेज अगाडि प्रहरीले हस्तक्षेप गरेको छ ।
प्रदर्शनमा त्रिचन्द्र क्याम्पस अगाडि राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली पुत्लाको दहन गरिएको छ । पुत्ला जलाउने नेविसंघ त्रिचन्द्र क्याम्पसमा विद्यार्थी नेताहरू सुन्दर बडाल र अशोकराज जोशी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेको विद्यार्थीलाई यथाशीघ्र रिहा गर्न नेविसंघका महामन्त्री दीपक भट्टराईले जोडदार माग गरेका छन् । विद्या र केपीविरुद्ध नेपाली कांग्रेसको नेतृत्वमा ५ राजनीतिक दलका नेता संघर्षमा उत्रिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।