काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘तिमी’ सम्बोधन गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चित्त दुःखेपछि नेपाली कांग्रेसका चर्चित युवा नेता गगनकुमार थापाले कडा जवाफ दिएका छन् ।
सामाजिक सञ्जालमार्फत जवाफ दिँदै नेता थापाले गणतन्त्रमा सम्मान दर्जाले नभई कामले आर्जन गर्नुपर्ने बताएका छन् ।
थापाले लेखेका छन्, ‘राष्ट्रपतिलाई तिमी भनेकोमा खड्ग ओलीलाई चित्त दुखेछ, विचरा ! गणतन्त्रमा सम्मान दर्जाले होइन कामले आर्जन गर्ने हो कमरेड ! ‘सम्माननीय राष्ट्रपति’बाट तपाईं हुँदै तिमीमा कसले ओरालेको ? आफ्नै कर्म र प्रवृत्तिले विद्या भण्डारीलाई सम्मानको शिखरमा अडिन नसकेर ओरालेको हो ।’
प्रधानमन्त्री ओलीले बालुवाटारमा आयोजित एक कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार जारी गरेको प्रेस विज्ञप्तिप्रति लक्षित गर्दै राष्ट्रपतिलाई तिमी भनेकोमा असन्तुष्टि व्यक्त गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।