आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माधव नेपाललाई कारवाही गर्ने केपी ओलीको निर्णय, एमालेमा ठूलो उथलपुथल !

माधव नेपाललाई कारवाही गर्ने केपी ओलीको निर्णय, एमालेमा ठूलो उथलपुथल !

  • मिडिया डबली
  • शुक्रवार, जेठ ७ २०७८

  • 21.3K
    SHARES

  • माधव नेपाललाई कारवाही गर्ने केपी ओलीको निर्णय, एमालेमा ठूलो उथलपुथल !

    काठमाडौं – पार्टी अनुशासनको गम्भीर उल्लंघन गरेको आरोपमा नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेता तथा सांसद माधवकुमार नेपाललाई कारवाही गरेका छन् ।

    नेता नेपालले विपक्षी गठबन्धनका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गरेपछि अध्यक्ष ओलीले कारवाही गरेका हुन् ।

    यसअघि एमालेको केन्द्रीय र स्थायी कमिटी बैठकले कारवाही गर्ने सबै अधिकार अध्यक्ष तथा संसदीय दलका नेता ओलीलाई सुम्पिएको थियो ।

    देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने नेता नेपाल, झलनाथ खनालसहित एमालेका २६ जना सांसदलाई कारवाही गरिएको पत्र ओलीले राष्ट्रपति कार्यालयलाई शितलनिवासमा पठाएका छन् । एमालेका केन्द्रीय सदस्य तथा पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले राष्ट्रपति कार्यालयमा पत्राचार गरिएको जानकारी दिए ।

    अध्यक्ष ओलीले लेखेको पत्रमा एमाले संसदीय दलको सदस्य भएर प्रधानमन्त्रीका लागि विपक्षी शेरबहादुर देउवालाई समर्थन गर्दै गरिएको हस्ताक्षरलाई मान्यता नदिन समेत राष्ट्रपतिलाई आग्रह गरिएको छ ।

    शुक्रबार दिउँसो शितलनिवासमै पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई नयाँ प्रधानमन्त्री चयनको प्रक्रियामा बहुमतसहितको पत्र बुझाएका केपी शर्मा ओलीले बालुवाटार फर्किएपछि अर्काे पत्र लेखेका हुन् ।

    नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गरेपछि ओलीले भण्डारीलाई पत्र लेखेका छन् । पत्रमा ओलीले एमालेका केही सांसदले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रयोजनका लागि हस्ताक्षर गरेको पाइएकाले छानविन गरिरहेको जनाएका छन् ।

    ओलीले भण्डारीलाई पठाएको पत्रमा सांसदहरू दलप्रति प्रतिवद्ध हुने भएकाले कोही पनि पार्टी निर्णय बाहिर जान नसक्ने दाबी गरेका छन् । राष्ट्रपतिलाई लेखिएको पत्रको आशयबारे एमालेका उच्चस्तरीय एक नेताले भने, ‘पार्टी विधानले अरु दलको उम्मेदवारलाई समर्थन गर्ने अधिकार सांसदलाई दिएको छैन तर केही सांसदले हस्ताक्षर गरेको सुनिएको छ । यसबारे हामीले छानविन गरिरहेका छौं । छानविन नहुँदासम्म कुनै प्रक्रिया अघि नबढाइयोस् ।

    ओलीले पार्टी हितविपरीत कोही सांसद गएको पाइए कारवाहीको भागिदार हुने भएकाले त्यस्ता हस्ताक्षरलाई मान्यता दिन नमिल्ने पनि दाबी गरेका छन् ।

    संविधानको धारा ७६ उपधारा (५) बमोजिम राष्ट्रपति भण्डारीले आह्वान गरेको समयसीमामा ओलीले समेत आफ्नो पक्षमा १५३ सांसद रहेको दाबी राष्ट्रपति भण्डारीसमक्ष पेश गरेका छन् । विपक्षी गठबन्धन तथा कांग्रेस सभापति देउवाले एमालेका माधवकुमार नेपाल पक्षका २७ सांसद समेतको सहयोगमा १४९ सांसदको समर्थनसहित दाबी पेश गरेका छन् ।

    राष्ट्रपति भण्डारीलाई कुन दाबीलाई आधिकारिकता दिन्छन् भनेर हेर्न बाँकी रहेको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend