काठमाडौं – नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको राम्रो सम्बन्ध भएपनि संविधानलाई ख्याल गर्नुपर्ने बताएका छन् ।
शुक्रबार सामाजिक सञ्जाल ट्विटरमा प्रतिक्रिया जनाउँदै नेता खतिवडाले विद्या भण्डारी एमालेको पूर्व उपाध्यक्ष मात्रै नभएर संविधानको रक्षक रहेका समेत स्मरण गराएका छन् ।
उनले लेखेका छन्, ‘सम्मानित राष्ट्रपतिज्यू, तपाईंको प्रधानमन्त्रीसँग राम्रो सम्बन्ध छ, यो सबै नेपालीलाई जानकारी छ तर अहिले तपाईं नेकपा एमालेको पूर्व उपाध्यक्ष विद्या भण्डारी मात्रै होइन ! तपाईं नेपालको संविधानको संरक्षक पनि हो, कीर्ते काममा सहभागी नभई देशको राष्ट्रपति बनी संविधानको रक्षा गर्नुहोस् ।’
संसदको विश्वासको मत नभएको भन्दै अर्काे प्रक्रियामा गएका प्रधानमन्त्री ओलीले फेरि नयाँ प्रधानमन्त्रीमा दाबी पेश गरेपछि सबैले चासोका साथ हेरिरहेका छन् । विपक्षी गठबन्धनबाट बहुमत जुटाएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ प्रधानमन्त्रीमा दाबी पेश गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।