आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

शेरबहादुर देउवाको फाइल बुुझेपछि विद्या भण्डारीले दिइन् यस्तो जवाफ

शेरबहादुर देउवाको फाइल बुुझेपछि विद्या भण्डारीले दिइन् यस्तो जवाफ

  • मिडिया डबली
  • शुक्रवार, जेठ ७ २०७८

  • 39.4K
    SHARES

  • शेरबहादुर देउवाको फाइल बुुझेपछि विद्या भण्डारीले दिइन् यस्तो जवाफ

    काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन १४९ जना सांसदको हस्ताक्षरसहित पेश गरिएको दाबी राष्ट्रपति कार्यालयमा दर्ता गरिएको छ । 

    एमाले नेता माधवकुमार नेपाल पक्षका नेतासहित राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर बहुमत हस्ताक्षर सहितको दाबी दर्ता गरिएको छ ।

    राष्ट्रपति भण्डारीले संविधान र कानून हेरेर विज्ञसित परामर्श गरेपछि निर्णय लिने जवाफ दिएकी छन् ।

    नयाँ सरकार गठनको अभ्यास भइरहेका बेला नेकपा एमालेका २७ सांसदको हस्ताक्षरमाथि भर परेका देउवाको प्रस्तावमा हस्ताक्षर गरेको कतिपय सांसदले फिर्ता लिइरहेका छन् ।

    एमालेका सांसदहरूले एकपछि अर्काे गर्दै हस्ताक्षर दुरुपयोग भएको दाबी गर्न थालेपछि देउवाको पक्षमा देखिएको बहुमत संकटमा पर्ने देखिएको छ । एमालेमा विवाद चर्किएका बेला सुरूमा सभापति देउवाको पक्षमा हस्ताक्षर गरिएका भनिएका एमाले नेता माधवकुमार नेपाल पक्षका ५ सांसद एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा लागेका छन् । अहिले युवा नेता योगेश भट्टराईले समेत देउवाको प्रस्तावबाट आफ्नो नाम हटाउन भनेपछि ६ जना सांसद ओलीतिर लागेका छन् । यसरी नेता नेपालसँगै देउवालाई समेत धोका भएको छ ।

    यसैका आधारमा प्रधानमन्त्री ओलीले एमालेका १२१ सांसद नै आफूसँगै रहेको दाबी शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग गरेका छन् । ओलीले आफू अध्यक्ष र संसदीय दलको नेता पनि रहेकाले माधव नेपालले विपक्षीलाई दिएको हस्ताक्षर मान्य नहुने दाबी गरेका छन् ।

    एमालेका माधव नेपाल पक्षीय सांसदहरू सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगश भट्टराई, घनश्याम भुसाल, नारायण खतिवडा र गणेश पहाडीले देउवालाई प्रधानमन्त्री बनाउने दाबीमा आफ्नो हस्ताक्षर पेश हुनु दुरुपयोग भएको आरोप लगाएका छन् । यी ५ सांसदले हस्ताक्षर दुरुपयोग भएकोबारे ओलीलाई जानकारी गराइसकेको स्रोतले जनाएको छ ।

    प्रतिनिधि सभामा बहुमत प्राप्त व्यक्तिलाई नयाँ प्रधानमन्त्री नियुक्त गर्ने नेपालको संविधानको धारा ७६ उपधारा (५) अनुसार दाबी पेश गर्न नेकपा एमालेका २७ सांसदको समर्थन पाएपछि शेरबहादुर देउवा तयार भएका थिए । तोकिएको समयभित्र प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुुर देउवाको दाबी पेश गरिँदैछ । दुबै नेताको पक्षमा कसरी बहुमत पुग्यो ? हिसाब गडबड छ ।

    नयाँ प्रधानमन्त्रीका लागि दाबी पेश गर्ने समय सकिन १ घण्टा बाँकी रहँदा प्रधानमन्त्री केपी शर्मा ओली समेत दाबी पेश गर्न शितलनिवास पुगेका छन् भने विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन बहुमत सांसदको हस्ताक्षर संकलन भएको थाहा पाएर ओली समेत हस्ताक्षर बोकेर पुगे ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले कसको बहुमतलाई मान्यता दिन्छिन् हेर्न बाँकी छ । दाबी पेश गर्ने समय साँझ ५ बजेपछि राष्ट्रपति कार्यालयले यसबारे निर्णय लिनेछ ।

    सभापति शेरबहादुर देउवाको नेतृत्वमा विपक्षी गठबन्धनले १४९ जना सांसदको हस्ताक्षर जुटाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले साँझ ५ बजेसम्म दलहरूले संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठनका लागि आह्वान गरेकी छन् । 

    नयाँ प्रधानमन्त्रीमा देउवालाई नेपाली कांग्रेसका ६१, नेकपा माओवादी केन्द्रका ४८, नेकपा एमाले माधव नेपाल पक्षका २७ र जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षका १३ सांसदले समर्थन जनाएका छन् ।

    तर प्रधानमन्त्री ओलीले माधव नेपाल पक्षका २७ सांसदलाई समेत आफ्नो पक्षमा राखेर जसपा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्षको समर्थनसहित दाबी पेश गरेका छन् ।

    दुबै दाबी प्रस्तावमा एमालेका माधव नेपाल पक्षको हस्ताक्षर छ । प्रधानमन्त्री ओलीले एमालेका १२१ सांसदकै हस्ताक्षर पेश गरेकाले हिसाब गडबड भएको छ । अब एमालेको माधवकुमार नेपाल पक्षका सांसदको हस्ताक्षर ओली वा देउवातिर कता मान्यता पाउँछ, त्यसकै आधारमा नयाँ प्रधानमन्त्री नियुक्त हुने स्रोतले जनाएको छ ।

    यसअघि, कांग्रेस संसदीय दलको कार्यालयमा नेकपा एमालेका नेता माधवकुमार नेपालसहित विपक्षी नेताहरू सहभागी भएर राष्ट्रपति कार्यालयमा दाबी पेश गर्ने निर्णय भएको थियो । एमाले नेता नेपालको साथ पाएपछि सभापति देउवालाई सजिलो भएको थियो ।

    कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपाका अध्यक्ष उपेन्द्र यादव, माधवकुमार नेपाल सहितका नेताले देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend