काठमाडौं – नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य अभिषेक प्रताप साह सवार कार नवलपरासी जिल्लाको विनयीत्रिवेणी–१ दुम्कीबासमा दुर्घटनामा परेको छ ।
ईलाका प्रहरी कार्यालय दुम्कीबास नजिकै बा१५च ७५२३ नम्बरको कार बिहान १० बजे दुर्घटना भएको हो ।
कारमा सवार साहसहित २ जनाको अवस्था सामान्य रहेको ईलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी निरीक्षक हिक्मत थापाले बताएका छन् ।
काठमाडौंमा नयाँ सरकार गठनको लागि राष्ट्रपतिले आह्वान गरेपछि साह गृहजिल्लाबाट अकस्मात काठमाडौं आउँदै थिए । उनको दुम्कीबासको स्थानीय मेडिकलमा सामान्य उपचार भइरहेको छ ।
कांग्रेस केन्द्रीय कार्यालयले साहलाई अपराह्न ४ बजेभित्र केन्द्रीय कार्यालयमा उपस्थित भइसक्न निर्देशन दिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।