काठमाडौं - नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार बन्न नदिने खेलमा लागेको निष्कर्ष निकालेको छ ।
शुक्रबार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले संविधानको धारा ७६ (३) अनुसार नियुक्त प्रधानमन्त्री केपी ओलीले विश्वासको मत नलिई र राजीनामा नदिई नयाँ सरकार गठन गर्न राष्ट्रपतिले आह्वान गर्नुलाई कांग्रेसले संविधानको मर्म र भावनाविपरीत भएको निष्कर्ष निकालेको हो ।
राष्ट्रपतिले ७६ (५) अनुसार नयाँ सरकार गठनका लागि गरेको आव्हान असंवैधानिक भनिसकेपछि फेरि सोही आव्हानलाई मान्दै नयाँ सरकार गठनमा जानै मिल्दैन । अनि कसरी बन्छ त नयाँ सरकार ? त्यसपछि कसैको बहुमत नै पुग्यो भने पनि सरकार बन्न नदिने खेलमा लागेको कांग्रेसको भनाइ छ ।
प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा फेरि संविधान कुल्चिने काम भएको निष्कर्ष निकाल्दै यो प्रवृत्तिको अन्त्यका लागि सबै विकल्पहरुसहित राजनीतिक दलहरुसँग छलफल थाल्ने भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।