काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पदत्याग गरिसकेको खुलासा भएको छ ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै मार्गप्रशस्त भनेको पदत्याग गरेको हो भनेर दाबी गरेका छन् ।
बिहीबारको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार बनाउन मार्गप्रशस्त गर्ने निर्णय गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले नयाँ प्रधानमन्त्री चयनका लागि दाबी पेश गर्न आह्वान गरेकी छन् ।
सल्लाहकार थापाले लेखेका छन् – ‘मार्गप्रशस्त’ भनेको पदत्याग गरेको हो भन्ने नबुझेको हो कि बुझ पचाएको मित्रहरू ? बहुमत सदस्यहरू (१३८ जना) को समर्थनमा धारा ७६(५) बमोजिम नयाँ प्रधानमन्त्री बनेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपक्षमै बस्न बाध्य गरे भइहाल्यो त ! ‘के को सारंगी र्याईर्याई भयो जीवन तिरिमिरी झ्याई ?’
प्रधानमन्त्री ओलीले राजीनामा नदिई नयाँ प्रधानमन्त्री चयनका लागि आह्वान गर्न नपाइने भन्दै विपक्षी दल र नेताहरूले विरोध जनाइरहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।