काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बिहीवार पार्टीको स्थायी कमिटीको आकस्मिक बैठक डाँकेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ बजे बस्ने बैठकमा पार्टीभित्रको विवाद र राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा हुनसक्ने अन्तर्घातबारे छलफल हुने स्रोतले जनाएको छ ।
पार्टीको विवाद समाधानका लागि प्रधानमन्त्री ओली र नेता माधवकुमार नेपाल पक्षले ३ दिनभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गरेपनि कार्यदलको बैठक एक पटक मात्रै बसेर स्थगित भएको छ ।
कार्यदलको बैठक बिहीवार साँझ ५ बजेको लागि बोलाइएको छ ।
राष्ट्रियसभा उपनिर्वाचनमा ओली र नेपाल पक्षले आ–आफ्ना उम्मेदवार उठाएका छन् । ओलीका तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ उम्मेदवार रहेका छन् भने नेपाल पक्षबाट डा. खिमलाल देवकोटा उम्मेदवार रहेका छन् ।
नेपालका उम्मेदवार देवकोटलाई नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको समर्थन रहेको छ । बादलको जीतहारले एमाले एकतालाई निर्धारण गर्ने ओली पक्षीय नेताहरूले बताउन थालेका छन् ।
पार्टीको स्थायी कमिटी बैठक सकिएलगत्तै ओलीले मन्त्रिपरिषद् बैठक समेत बोलाएका छन् । बिहीवार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने एक मन्त्रीले जानकारी दिए ।
जेठ १५ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था भएकाले संसद अधिवेशन बोलाउने विषयमा चासो लिन थालिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।