आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गृहमन्त्री बादलविरुद्ध विद्रोह भएपछि ओलीले बोलाए एमालेको आकस्मिक बैठक, पार्टीमा खैलाबैला

गृहमन्त्री बादलविरुद्ध विद्रोह भएपछि ओलीले बोलाए एमालेको आकस्मिक बैठक, पार्टीमा खैलाबैला

  • मिडिया डबली
  • बिहिवार, जेठ ६ २०७८

  • 99.9K
    SHARES

  • गृहमन्त्री बादलविरुद्ध विद्रोह भएपछि ओलीले बोलाए एमालेको आकस्मिक बैठक, पार्टीमा खैलाबैला

    काठमाडौं – बागमती प्रदेश तर्फको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका आधिकारिक उम्मेदवार तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’विरुद्ध एमालेकै नेता माधवकुमार नेपाल पक्षले विद्रोह गर्ने निश्चित भएपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आकस्मिक बैठक बोलाएका छन् ।

    बुधबार लिखित अपिल नै जारी गरेर अध्यक्ष ओलीले एमालेको निर्वाचन चिह्न सूर्यमा मतदान गर्न सबै एमाले नेता कार्यकर्तालाई अपिल गरेका थिए । तर नेता नेपाल पक्षका प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटालाई कलम चिह्नमा मतदान गर्ने भएपछि एमालेमा खैलाबैला मच्चिएको छ ।

    अध्यक्ष ओलीले नेकपा एमालेको स्थायी कमिटी बैठक आज बिहीबार दिउँसो बोलाएका छन् । ओली निर्देशनपछि महासचिव ईश्वर पोखरलले दिउँसो २ बजे बैठक बस्न सबैलाई निम्तो पठाएका छन् ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा नेता माधव नेपाल पक्षसँग वार्ता गर्न गठित वार्ता टोलीले रिपोर्टिङ गर्ने र राष्ट्रियसभा निर्वाचनको सम्भावित परिणामबारे छलफल हुने जनाइएको छ ।

    राष्ट्रियसभा निर्वाचनमा एमालेका आधिकारिक उम्मेदवार तथा स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’लाई माधव नेपाल पक्षले गरिरहेको असहयोगबारे पनि समीक्षा हुने र मत परिणाम आएपछि हुनसक्ने सम्भावित कारवाहीबारे समेत छलफल हुने स्रोतले जनाएको छ ।

    बुधबार अपिल जारी गर्दै ओलीले एमालेका आधिकारिक उम्मेदवारलाई मतदान नगर्ने गल्ती क्षम्य नहुने चेतावनी सार्वजनिक रूपमै दिएका छन् । गत मंगलबार नेता नेपाललाई भेट्न पुगेका उम्मेदवार बादललाई सहयोग गर्न नसकिने जवाफ नेता नेपालले दिइसकेका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend